Nepa Top
century-bank

सरकारले स्वदेशमै श्रम सिर्जना गर्ने रटान लाएपनि विदेशिनेको लर्को घटेन

काठमाडाैँ । दैनिक जसो १२ देखि १५ सय नेपाली युवाहरु हरियो पासपोर्ट बोकेर बैदेशिक रोजगारीका लागि गन्तव्य मुलुक उडिरहेका छन् । सरकार स्वदेश मै श्रम क्षेत्रको सिर्जना गर्ने चर्को भाषण गर्छ । तर बैदेशिक रोजगारीबाट फर्किएर आएका युवाहरुलाई उनीहरुले सिकेको सीप अनुसार कहाँ, कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने योजना तर्फ सरकारले ध्यान सम्म दिएको पाइदैन् ।

हरेक दिन नेपाली परदेशमा रुन्छ
सम्झेर मेरो देश कहिले यस्तो हुन्छ ।

आखाँ भरि सपना मुटुभरि घरपरिवारको माया र मन भरि आफन्तको सम्झना संगालेर नेपाली युवाहरु पैसाको ध्याउन्नमा परदेशिनु पर्ने बाध्यता छ यो मुलुकमा । राज्यमा पर्याप्त मात्रामा रोजगारीको सिर्जना नहुनु विभिन्न कालखण्डहरुमा भएका राजनीतिक द्वन्द्व र माओवादी सशस्त्र युद्धका कारण विस्थापित भएर लाखौं नेपाली देश छोडेर परदेशिन बाध्य भएको इतिहास हामी सामु साक्षी छ । हिजो देश छोडेर परदेशिन बाध्य भएका युवाहरु आज केही पूँजी जम्मा गरेर जन्मभूमिमा नै केही गर्नु पर्छ भन्ने साहस र आँट बोकेर फर्किएका छन । तर राज्यको अष्पष्ट नीति र अदुरर्शिताका कारण फर्किएर आएका युवाहरुपनि अलमलमा परेका छन ।

हो अधिकारी एक प्रतिनिधि पात्र मात्र हुन,विदेशमा सिकेको सिप र आर्जित पूँजी लगाएर राज्यको समेत सहयोगमा आफ्नै देशमा पेशा व्यवसाय गर्न चाहनेको जमात ठूलो छ । वर्षौ सम्म विदेशमा कमाएको पूँजी लगानी गर्दा डुव्ने होकी भन्ने डर छ परदेशबाट पर्किएर आएकाहरुलाई । त्यसैले देशमै रोजगारी सिर्जना गर्न र युवाहरुलाई पलायन हुन नदिन राज्य वेलैमा सचेत हुन जरुरी छ । बुधवार वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुको भेलामा यस्तै चर्चा थियो ।

बाध्यतामा वैदेशिक रोजगारीको बाटो अगाल्न पुगेका नेपाली युवाहरुलाई स्वदेशमै श्रमको उचित व्यवस्थापन गर्ने नीति ल्याइरहेको दावी सरकारले गर्न छोडेको छैन । तर पनि दैनिक जसो १२ देखि १५ सय युवाहरु हरियो पासपोर्ट बोकेर त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको दैलो काटीरहेका छन । बैदेशिक रोजगारीबाट फर्किएका नेपाली युवाहरुलाई, उनीहरुले सिकेको सिप क्षमता र उपलव्ध पूँजीको उचित व्यवस्थापनमा वास्तवमै सरकारले ध्यान दिने भने रोजगारीका लागि विदेशिनेको संख्यामा कमी आउने छ ।

हुनत झट्ट हेर्दा वैदेशिक रोजगारी मार्फत आउने विप्रेषण अर्थात रेमिटयन्सले मुलुकको अर्थतन्त्रलाई थेगेको छ । तर यस्ले बैदेशिक आयातलाई झन बढाईदिएको तीतो यथार्थ छर्लङ्ग छ । बैदेशिक आयात प्रतिस्थापन गर्नको लागि पनि स्वदेशी उत्पादन जरुरी छ । स्वदेशी उत्पादन बृद्धि गर्नको लागि पनि बैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई उद्यमशीलता र कृषि कर्मसंग जोड्न सके सरकारले भनेको वैदेशिक रोजगारीलाई प्रतिस्थापन गर्न सकिन्छ ।







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]