Nepa Top
century-bank

सौर्य उर्जाबाट उदयपुरको चौदण्डीगढी बेल्टारमा खानेपानी सञ्चालन

  • विश्वराज तामाङ

उदयपुर । सौर्य उर्जाको सहयोगबाट खानेपानी आयोजना सञ्चालनमा आए पछि उदयपुरको चौदण्डीगढी नगरपालिका ७ बेल्टारका स्थानीयको आँत बल्ल भिज्न थालेका छन् । उदयपुरमा पहिलो पटक नवीकरणीय उर्जा प्रणाली सौर्य उर्जाको सहयोगमा सम्पवेल प्रविधिको खानेपानी सञ्चालनमा आएपछि बेल्टारबासीमा अपार हर्ष छाएको छ ।

खानेपानीको समस्याले काकाकुल बन्दै आएको बेल्टारबासीका लागि यो खानेपानी योजना सञ्चालनपछि राहत मिल्ने भएको छ । चौदण्डीगढी नगरपालिका– ७ श्रीपञ्चमीस्थित द्धारखोला किनारामा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय उदयपुरले जिल्लामा नै नयाँ सम्पवेल प्रविधिद्धारा स्वच्छ खानेपानी योजना निर्माण भएको हो । खानेपानीको समस्या झेल्दै आएको बेल्टारबासीमा निम्ति योजना निर्माणपछि खानेपानी उपलब्ध हुने थालेको छ ।
७५ वटा सोलार प्यानल जडान गरि १५ किलोवाट सौर्य उर्जा उत्पादन गरेर पानी तान्ने काम गरेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय उदयपुरका डिभिजन प्रमुख रामकुमार श्रेष्ठले बताउनुभयो ।

सोलार प्लानलबाट प्रति सेकेण्ड २० लिटरका दरले सम्पवेलबाट ५० मिटर माथि १ किलोमिटर २ सय मिटर टाढा रहेको भण्डार ट्याङकीमा पानी सप्लाई गर्ने गरेको छ । अहिले त्यहाँबाट १२ सय मिटर टाढा ८ लाख मिटर क्षमताको ४ वटा पानी ट्याङकीमा पानी भण्डार भई बितरण हुनेछ ।

खानेपानी योजनाले बेल्टार बजारमा १ हजार ३ सय घरधुरीमा धारा जडान गरि खानेपानी बितरण गर्दै आएको छ । त्यसले बेल्टार बजारको १७ हजार २२ जना लाभान्वित भएका छन् । खानेपानी योजनाले २ हजार घर धुरीलाई धारा जडान गर्ने लक्ष्य लिएको छ । कुल ३ करोड ५२ लाख लागत अनुमान निर्माण भई रहेको सो क्रमागत खानेपानी योजनामा हाल ३ करोड रुपैयाँ खर्च भई सकेको छ ।

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]