Nepa Top
century-bank

घले गाउँमा बाबु कान्छा’ को रोमान्टिक गीत ’मेरो पहिलो प्रेम’ (भिडियो)

काठमाडौँ । असार २९ गतेबाट प्रदर्शनमा रहेका फिल्म ‘बाबु कान्छा’ को रोमान्टिक गीत ’मेरो पहिलो प्रेम’ सार्वजनिक गरिएको छ। फिल्म शोभित बस्नेतको लेखन, निर्माण तथा निर्देशनमा बनेको छ ।

 यो फिल्ममा बास्तविक जोडी सलोन बस्नेत र करिश्मा श्रेष्ठको मुख्य भुमिका रहेका छन् । शुशील पंगेनीको शब्द रहेको गीतमा कमल खत्री र सुधा रत्नले स्वर दिएका छन् । टंक बुढाथोकीको संगीत रहेको गीतको भिडियोमा सलोन र करिश्मालाई रोमान्टिक मुडमा देखाईएको छ । लमजुङको घले गाउँमा छायांकन गरिएको गीतमा कोरियोग्राफर रामजी लामिछानेले मज्जाको रोमान्स देखाउन खोजेका छन् ।

बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको फिल्ममा अस्ट महर्जनको द्धन्द, र गौतम राज खड्काको सम्पादन छ । फिल्ममा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह–निर्माताको रुपमा रहेका छन् । सलोन–सलिना फिल्म्सको ब्यानरमा बनेको फिमको कार्यकारी निर्माता रबि अधिकारी हुन् ।

फिल्ममा सलोन र करिश्माको साथमा नीर शाह, सरोज खनाल, राजाराम पौडेल,लय संगौला, करिष्मा श्रेष्ठ, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ, बिक्रम कंडेल लगायतको अभिनय रहेको छ ।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]