Nepa Top
century-bank

१६ वर्ष मुनिको बालबालिकाले फिल्म ‘वीराङ्गना’ हेर्न अभिभावक लानै पर्ने

काठमाडौँ । फिल्म ‘वीराङ्गना’ लाई सेन्सर बोर्डले पि जी सर्टिफिकेट प्रदान गरिएको छ । उक्त फिल्ममा अनुपबिक्रम शाही र शिल्पा पोखरेलको मुख्य भुमिका रहेको छ ।

फिल्म ‘वीराङ्गना’ १६ वर्ष मुनिको बालबालिकाले अभिभावकसँग जानुपर्ने उल्लेख गरिएको छ । फिल्ममा भएको केहि एक्सन सिनका कारण फिल्मलाई पिजी सर्टिफिकेट दिईएको हो । एक्शन जनराको नारी प्रदान फिल्ममा अनुप र शिल्पा शशस्त्र प्रहरी अफिसरको भुमिका देखिएका छन् । राज बहादुर सानेको निर्देशनमा बनेको फिल्ममा बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा सह निर्माता सुमि चाम्लिङ राई रहेका छन् । हरिबोल लामाको छायांकन र तारा थापाको सम्पादन रहेको फिल्म र्फोथ आई मुभिजको ब्यानरमा निर्माण गरिएको छ ।

शिल्पा र अनुपको साथमा पृथ्वी राज प्रसाई, धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, धु्रव कोईराला, सुशिल पोखरेल अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको अभिनय रहेको फिल्म असार २९ गते प्रदर्शनको मिति तोकिएको छ ।







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]