Nepa Top
century-bank

समुन्द्रको प्रेममा धमलाकी श्रीमति एलिजा, ‘अनुराग’को अफिसियल पोस्टर सार्वजनिक

काठमाडौँ । चलचित्र अनुराज असोज १२ गतेबाट प्रदर्शन हुदैछ । चलचित्रमा समाबेश कान्छा दाई गाना बजाई देउ र यस्तो साथी बोलको दुई गीत सार्वजनिक भइसकेका छन् । पत्रकार ऋषि धमला प्रस्तुतकर्ता रहेको फिल्मलाई सत्यराज चौलागाईंले निर्देशन गरेका छन् । धमलाकी श्रीमति एलिजा गौतमले निर्माण र अभिनय गरेको फिल्म ‘अनुराग’ को अफिसियल पोस्टरहरु सार्वजनिक भएका छन् ।

पोस्टरमा एलिजा र नव अभिनेता समुन्द्र पण्डितलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । यस चलचित्रमा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेत लगायतका कलाकारहरुको पनि अभिनय छ । सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको यो फिल्म सांगीतिक प्रेमकथामा आधारित छ । अनुरागमा लाइन प्रोडुसर दिपक गौतम रहेका छन् भने निर्मार्ण नियन्त्रक नबिन पुरी रहेका छन । भरत गौतम र गीता भेटवाल निर्माता रहेको यस चलचित्रको कथा भने किरण दाहालले लेखेका हुन् ।

 

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]