Nepa Top
century-bank

एलिजा गौतम र समुन्द्र पण्डित फिचर्ड फिल्म ‘अनुराग’को पोस्टर सार्वजनिक

काठमाडौं । फिल्म अनुरागको प्रचार सामाग्री पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले फिल्मको मिति नजिकिंदै जाँदा फिल्मको पोस्टर सार्वजनिक गरेको हो। पोस्टरमा फिल्मका मुख्य कलाकार एलिजा गौतम र समुन्द्र पण्डितलाई देखाईएको छ ।

असोज १२ गतेबाट रिलिज हुन लागेको यो चलचित्रमा एलिजा गौतम, समुन्द्र पण्डित, ठिलेन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला लगायतका कलाकारको मुख्य भूमिका छ । एरिका फिल्म्सको ब्यानरमा बनेको फिल्मको प्रस्तुतकर्ता ऋषि धमला रहेका छन्। फिल्मलाई सत्यराज चौलागाईंले निर्देशन गरेका हुन्। भरत गौतम र गीता भेटवाल फिल्मका निर्माता हुन्।

कुमार केसीको छायाँकन, किरण दहालको कथा रहेको फिल्म प्रेम र रोमान्समा आधारित छ।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]