Nepa Top
century-bank

‘पण्डित बाजेको लौरी’को कथा तीन पोष्टरमा

काठमाडौं । बादी सामूदाय र पण्डितको पण्डित्याईको कथामा बनेको फिल्म ‘पण्डित बाजेको लौरी’को पोस्टर सार्वजनिक गरिएको छ । फिल्मको सार्वजनिक पोष्टरमा बादी समुदाय । पण्डित्याईँ गर्नेहरुको विभिन्न कथालाई पस्तुत गरिएको छ ।

यो फिल्मको एक गीत र ट्रेलर सार्वजनिक भइसकेको छ । फिल्मको ट्रेलरमा एक बादी समुदायकी बादिनी आफ्नो दैनिकी गुजारा गर्ने शरीर बेच्ने र त्यँहि गाँउका शुद्ध कहलिएका पण्डित्याईँ गर्नेहरुको चरित्रलाई प्रस्तुत गरिएको छ । फिल्मलाई दिपक ओलीले निर्देशन गरेका हुन् ।

फिल्मलाई थमनकुमार भण्डारी र किशोर खड्काले निर्माण गरेका हुन् । यो फिल्ममा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतको अभिनय रहेको छ ।

यो फिल्म आगामी साउन ४ गतेबाट दर्शकमाझ रिलिजमा आउँदैछ ।

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]