Nepa Top
century-bank

चीनले धानेको रुसमा जारी विश्वकप

मस्को । विश्व फुटबल महासंघ ९फिफा० मा चरम भ्रष्टाचार र अनियमितता मौलाएपछि विश्वकप फुटबलको आयोजना र लगानीका विषयमा समेत ठूला अन्तर्राष्ट्रिय कम्पनीहरू झस्किने वातावरण सिर्जना भयो । दुई वर्षअघि फिफाका तत्कालीन अध्यक्ष सेप ब्लाटरसहित जम्बो टोलीलाई भ्रष्टाचारको अभियोगमा निलम्बन गरिएपछि विशेषगरी पश्चिमा मुलुकका बहुराष्ट्रिय कम्पनीहरूले विश्वकप फुटबलको प्रायोजन हात झिकेका थिए ।

त्यसपछि फिफालाई विश्वकपमा प्रायोजक फेला पार्न मुस्किल पर्‍यो । लगानीबाट झस्किएका पश्चिमा देशहरूलाई फकाउने फिफाको प्रयासले पनि सफलता पाएन । यही क्रममा फिफाको ध्यान एसियाली देश चीनले आकर्षित गरेको छ । विश्व मानचित्रमा जनसंख्या र आर्थिक समृद्धिको हिसाबले उत्कृष्ट छलाङ मारिरहेको चीनले फिफाको पछिल्लो मर्मलाई राहत पुर्‍यायो ।

विश्वकपमा सहभागी नजनाए पनि चिनियाँ कम्पनीहरूले विश्वकपमा अर्बौं अमेरिकी डलर प्रयोजन गरेका छन् । जारी विश्वकपमा सहभागी नभए पनि चीनले विश्व फुटबललाई ऐतिहासिक सहयोग गरिरहेको फिफाका सञ्चार प्रमुख फिलिप ले फ्लोच बताउँछन् । ‘फिफामा के भएको थियो भन्ने सबैलाई थाहा छ । भ्रष्टाचारका कारण दूषित बनेको विश्व फुटबललाई चिनियाँ लगानीले ठूलो टेवा दिएको छ । पश्चिमा राष्ट्रका कम्पनीहरूले फुटबलबाट हात झिकेका थिए । त्यसपछि फिफा आर्थिक हिसाबले कठिन मोडमा थियो । यस्तो अवस्थामा चिनियाँ बहुर्राष्ट्रिय कम्पनीहरूले फुटबललाई गतिलो साथ दिएका छन्,’ फिलिप भन्छन् । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]