Nepa Top
century-bank

लूम्बिनी बिकास बैंकको ६४ औं शाखा भक्तपूरको बोडेमा

काठमाडौं । लूम्विनी विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा भक्तपूर जिल्लाको मध्यपूर थिमी नगरपालिका वडा नं. ८ बोडेमा आफ्नो ६४ औं शाखा सञ्चालनमा ल्याएको छ ।

उक्त शाखाको नेपाल राष्ट्र बैंकका डेपूटी गर्भनर शिवराज श्रेष्ठले एक समारोहका विच उद्घाटन गरेका थिए । उक्त समारोहमा सम्बोधन गर्दै श्रेष्ठले बैंकहरुले शाखा विस्तार संगै सूशासन कायम राख्दै बैंकिङ सेवालाई समय सापेक्ष प्रतिस्पर्धी बनाउनूपर्ने बताए ।

कार्यक्रममा बैंकका का.मू.प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले उपस्थित अतिथि तथा ग्राहकहरुलाई स्वागत गर्दै बैंकवाट उपलव्ध सेवा सूविधाहरुको सम्बन्धमा स्पष्ट पारेका थिए ।

बैंकको केन्द्रीय कार्यालय काठमाडौंको डिल्लीबजारबाट संचालन भई मूलूकका विभिन्न भागमा रहेका ६४ शाखा सञ्जालहरुबाट सेवा प्रदान गर्दै आएको छ ।







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]