Nepa Top
century-bank

अन्तरवार्तामै रोए प्रधानमन्त्री केपी शर्मा ओली (भिडियो)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली एक अन्तरवार्तामा आँखाभरी आँशु गराउँदै रोएको भिडियो सार्वजनिक भएको छ । प्रधानमन्त्री कार्यालयकै संयोजनमा सुरू भएको नेपाल टेलिभिजनमा प्रशारण हुने कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’ को पहिलो श्रृङ्खला छायाँकन गर्ने क्रममा प्रधानमन्त्री ओली रूँदै रूमालले आँशु पुसेका देखिन्छन् ।

प्रस्तोताले कति गार्हो गरेर बाँचेका छन् है यी नेपालीहरू रु भन्दै प्रधानमन्त्रीलाई प्रश्न गर्दा प्रधानमन्त्री रोएका दृश्यमा देखिन्छ । ग्रामीण भेगका जनताको दुःख झल्काउने भिडियो सामग्री प्रधानमन्त्रीलाई देखाइसकेपछि त्यसबारे प्रतिकृया लिन प्रस्तोताले प्रधानमन्त्रीलाई प्रश्न गर्दा प्रधानमन्त्रीका आँखा रसाएका हुन् ।

प्रधानमन्त्रीले आँखामा आँशु पर्दै एकछिन है भन्दै खल्तीबाट रूमाल निकालेको देखिन्छ ।







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]