Nepa Top
century-bank

घलेम्दी हाइड्रो र माउन्टेन हाइड्राेकाे अाइपिअाे बिक्री खुल्याे, क-कसले किन्न पाउँछ ?

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेड र माउन्टेन हाइड्राे नेपालकाे साधारण सेयर (अाइपिअाे) अाज (शुक्रबार)बाट बिक्री खुला भएकाे छ । दुवै कम्पनीले आयोजना प्रभावित स्थानीयबासीका लागि आइपीओ बिक्री खुला गरेका हुन् ।

घलेम्दीले स्थानीयका लागि ५ लाख ५० हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । यस आइपीओमा म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकाका बासिन्दाले मात्र आवेदन दिन पाउने कम्पनीले जनाएकाे छ ।

यसमा न्यूनतम ५० कित्तादेखि अधिकतम २७ सय ५० कित्ताका लागि आवेदन दिन सकिन्छ । साउन साउन ४ गतेसम्म यो आइपीओ भर्न मिल्नेछ, साे अवधिसम्म आवश्यक आवेदन नपरेमा साउन २० गतेसम्म बिक्री खुला रहनेछ ।

उता, माउन्टेन हाइड्राेले १२ लाख ५० हजार कित्ता आइपीओ बिक्री खुला गरेको छ । यस कम्पनीकाे अाइपिअाे पाँचथर जिल्लाका आयोजना प्रभावित स्थानीयवासीले मात्र किन्न पाउनेछन् ।

कम्पनीले अायाेजना प्रभावित क्षेत्रमध्ये फिदिम नगरपालिका र हलिहाङ् गाउँपालिकाका स्थानीयका लागि ७ लाख ५० हजार कित्ता र बाँकी रहेको ५ लाख कित्ताका पाँचथर जिल्लाका अन्य सबै क्षेत्रका बासिन्दाका लागि बिक्री खुला गरेकाे हाे ।

यस अाइपिओमा पनि बिक्री बन्द हुने छिटाे मिति साउन ४ गतेसम्म र आवश्यक मात्रामा आवेदन नपरेमा ढिलाे बन्द हुने मिति साउन २० गतेसम्म अावेदन पाउनेछन् ।

घलेम्दीका आवेदकले ग्लोबल आइएमई, प्रभु र माछापुच्छ्रे बैंकको बेनी शाखा र गरिमा विकास बैंकको पोखरेबगर शाखाबाट आइपीओ भर्न सक्नेछन् । यसको बिक्री प्रबन्धकको काम भिबोर क्यापिटलले गरेको छ ।

माउन्टेनका अावेदकले भने फिदिमस्थित माउन्टेन हाइड्रोको आयोजना कार्यालय तथा सेन्चुरी बैंक, प्रभु बैंक, गुडविल फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक र सिभिल बैंकको फिदिम शाखाबाट आवेदन दिन सक्नेछन् । माउन्टेनको आइपीओमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेकाे छ ।

म्याग्दीको घलेम्दी खोलामा ५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको घलेम्दीकाे जारी पुँजी ५ करोड ५० लाख रुपैयाँ रहेकाे छ भने माउन्टेन हाइड्राेकाे जारी पुँजी १ अर्ब २५ करोड रुपैयाँ छ । दुवै कम्पनीले जारी पुँजीकाे १० प्रतिशतले हुन अाउने आइपीओ आयोजना प्रभावितलाई बिक्री खुला गरेका हुन् ।







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]