Nepa Top
century-bank

हाडनाता प्रेमको कथाः ‘एकैसाथ देह त्याग र अन्यत्येष्टि पनि !’

  • प्रेम सुनार,

गुल्मी । छिमेकी जिल्ला प्युठानमा दाजु बहिनी बिचको प्रेम सम्बन्ध स्थानियले असफल पार्न खोजेपछि उनिहरु दुवै जनाले एकै साथ विष सेवन गरेर आत्मा हत्या गरेका छन् ।

झिम्रुक गाउँपालिका वडा नम्वर( ५ नेपाने निवासी २३ वर्षिय शिरबहादुर जिसी र १७ वर्षिया श्रृृष्टी जिसीले विष सेवन गरेको कुरा ढिलो गरी बाहिर आएको छ । शनिवार उनिहरुले गरेको देह त्यागको कुरा विवादका कारण आईतबार सहमति जुटेपछि मात्र बाहिर आएको हो । परिवारजनले सहमति पश्चात आज विहान शब बुझि उनिहरुको अहिले एकैसाथ झिम्रुक घाटमा अन्त्यष्टि गरिदै छ ।

यता नजिकै प्रेमी बनेका दाजुको शब र उता प्रेमिका बनेकी बहिनीको शबमा दुबैका परिवार जनले दागवत्ती दिइरहँदा रोइ–कल्लाई कोलाहाल मच्चिएको थियो । कतिपयले भन्दै थिए बिचाराहरु आफुखुसी जसरी बाँच्थे–बाँच्थे स्वतन्त्र छाडिदिएको भए बरु यस्तो देख्न पर्दैन्थ्यो । उनिहरु एउटै छिमेकको करीब सय मिटर दुरी घर भएका १३ दिने दाजु भाईका छोरा छोरी थिए ।

यस्तो छ घटना विवरण

उनिहरु जेठको अन्तिम सातातिर भागी विवाह गरी भारततिर हिडेका थिए । त्यस क्रममा कृष्णनगर नाकामा पुग्दा माईती नेपाल भन्ने संस्थाले रोक्यो । त्यसपछि ती युवाको घरमा सो संस्थाले फोन ग¥यो । उनकी आमाले उनीहरु दाजु बहिनी हुन उपचार गर्न हिडेका हुन छाडिदिनुस् भनेपछि छाडियो । उनीहरु भारतको दिल्ली पुगे ।

फेरी युवतीकी आमाले त्यस माईती नेपालमा पुगेर मेरो सहमति बिना किन छाडियो भनेर आक्रोष पोखिन् । फर्केर आई झिम्रुक–५मा रहेको ईलाका प्रहरी कार्यालय मच्छिमा आई हाडनाता करणीे विरुद्धको उजुरी दिईन । प्रहरीले दुवै पक्षका अभिभावकलाई झिकायो । त्यहाँको चौकी प्रमुखले युवतीकी आमाको मागको आधारमा युवाको परिवारलाई एक हप्ता भित्र उनिहरुलाई भारतबाट नझिकाए जेल हाल्ने सम्मको धम्की दिए ।

अन्ततः दुवै जना त्यहाँबाट हिडे । युवाको भाई कृष्णनगर सम्म लिन गएका थिए । उनले दुवै जनालाई मच्छी ईलाका प्रहरी कार्यालयमा जेठ–३० गते साँझ लिएर बुझाए । अर्को दिन युवतीले म भारतमा बस्ने भएकोले १३ दिने दाजु भाई भएको आफुलाई थाहा नभएर माया प्रेम बस्न गएको बताईन् । युवाले त्यस गाउँका कतिपय घटनाको उदाहरण दिदै भने–‘अरुले भाउजु र आमा पर्नेसम्मलाई लगेका छन् भने हामीलाई किन रोक्नु हुन्छ, हामी एक अर्का बिना बाँच्नै नसक्ने भएका छौं ।’

उनिहरुको यस्तो प्रश्नबाट गाउँवासी थप आक्रोषित भएर उनिहरुलाई कार्बाहीका लागि जिल्ला प्रहरी कार्यालय विजुवार लैजानु पर्ने माग राखे । त्यहाँबाट शिविल पोशाकमा एक जना प्रहरी जवानको साथ लगाएर उनिहरुलाई सार्वजनिक सवारी साधनमा राखेर लगियो ।

यही हो सुरक्षाकर्मीको निगरानी ?

जिल्ला प्रहरी कार्यालयका प्युठानका प्रमुख डिएसपी राजेन्द्र पोखरेलसँंग सम्पर्क राख्दा उनले ती दुवैलाई हिरासतमा नलिई सामन्य निगरानीमा राखेर जिल्ला प्रहरी कार्यालय ल्याउन लागेको बेला यस्तो दुखद घटना घटेको बताए ।
उनले भने–‘हिजो आईतवार एक खालको सहमति बनेर शव बुझेर लैजानु भएको छ, उहाँहरुले प्रहरीको कमजोरीमा दुवै जनाको ज्यान गएको भन्ने आरोप लगाउनु भएको छ । तर उनिहरु हाम्रो हिरासतका पात्र थिएनन् । सामन्य निगरानीमा राखेर मच्छी प्रहरी चौकीका जवानले जि.प्र.का. ल्याउँदै गरेको बेला उनिहरुले बाटोमा बिष सेवन गरेर यस्तो दुखद घटना घट्न गएको हो । उहाँहरुले लगाएको आरोप जस्तै हाम्रो कमीकमजोरी भएको अनुसन्धानले देखाए हाम्रो जस्तो अनुशासित संगठनले त्यसलाई अवश्य सुधार गर्ने छ ।’

दुवै अभिभावकहरुको पक्षबाट स्थानीय समाज सेवि दानबहादुर जिसी मच्छी प्रहरी चौकीका जवानको चरम लापर्वाही भएको आरोप लगाउँ छन् । उनले भने–‘प्रहरीको निगरानीमा भएका दुवै जनाले विष सेवन गर्दा के हेरेर बसे ? के यही हो सुरक्षा ?

उनि भन्छन –‘प्रमुख जिल्ला अधिकारी कृष्णा बहादुर घिमिरेको रोहवरमा बसेको बैठकले गरेको कागज पत्रमा संस्थागत कमजोरी मात्रै स्वीकार गरियो तर ति प्रहरी जवानको कमजोरी उल्लेख गरिएन । त्यसपछि अभिभावकहरुले उक्त कुरा उल्लेख नगरेसम्म सहमति नगर्ने अडान लिइयो । त्यसपछि निजलाई कार्वाही गर्ने लिखित सहमति भएरपछि मात्र शव उठाईको हो ।’

उनका अनुसार बाटोमा जाँदै गरेको अवस्थामा उनिहरु मरनथाना भन्ने स्थानमा ओर्लिए । ‘त्यसपछि बागदुला भन्ने स्थानमा ओर्लिए । त्यहाँ ओर्लेर उनिहरुले नास्ता खान्छौं भने । केरा र पानी खाए । युवतीलाई रजश्वला भएको भन्दै शौचालयमा कपडा फेर्छु भनिन् र शौचालय पसिन् । उनि बाहिर निक्ले लगत्तै ती युवा पनि शौचालय पसेर बाहिरिएका थिए । त्यहाँबाट हिडेर उनिहरुलाई कृषि विकास कार्यालय नजिक ओरालियो । त्यहाँ उनिहरु पानी पिउँदै एक आपसमा हाँस्दै जिस्कीदै आई रहेका थिए । नजिकै रहेको जिल्ला प्रहरी कार्यालयको मुद्धाफाँटमा ल्याईयो । सोधपुछ गर्दा गर्दै ती युवतीले बान्ता गर्न थालिन् । उनलाई उनका प्रेमी र प्रहरीले समातेर बाहिर लगे, लगत्तै उनका प्रेमीले पनि बान्ता गर्न सुरु गरे ।’

त्यस क्रममा ती युवाले प्रहरीलाई आफुहरु दुवैले विष सेवन गरेको बताएको प्रहरीको भनाई आए पनि प्रहरी बाहेक सुन्ने देख्ने सर्वसाधरण अरु पाईएको छैन । त्यसरी एकदेखि अर्को स्थानसम्म लैजाँदा निगरानीको आवश्यकता नभएको भए जनशक्ति प्रहरीले नखर्चेको भए हुन्थ्यो ।

यदि जनशक्ति परिचालन गरेपछि सुरक्षाको जिम्मा प्रहरी संगठन जस्तो सुरक्षा निकायले लिनै पर्ने सर्वत्र चर्चा चलि रहेको छ । स्मरण रहोस अनमेल प्रेम सम्वन्धका कारण युवतीका परिवारजनको दवाबमा विवाह गर्न बाध्य बनाउँदा रुपन्देहीका एक युवा जेठ २५ गते बिहान अर्थात विवाहको दोश्रो दिन रहश्यमय अवस्थामा मृत फेला परेका थिए ।







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]