Nepa Top
century-bank

सवारी ढुवानीमा ६१ लाख अनियमितता

काठमाडौं । सवारी ढुवानीका लागि भन्दै सरकारी निकाय पशु स्वास्थ्य निर्देशनालयले लाखौं रुपैंयाको चलखेल गरेको रहस्य खुलेको खबर आजको नेपाल समाचारपत्रमा छापेको छ ।

निर्देशनालयले सवारी साधन ढुवानीका नाममा लाखौं रुपैंया अनियमितता गरेको भेटिएको छ । निर्देशनालयले सवारी साधन खरिदका नाममा ६१ लाख ३५ हजार रुपैंया अनियमीतता गरेको देखिएको हो ।

समाचारका अनुसार निर्देशनालयले भ्याक्सिन ढुवानी ट्रक २४ लाख ४० हजार रुपैंया र डवल डोर रेफ्रिजेरेटर ३६ लाख ९५ हजार रुपैंयामा खरीद गरेको देखिएको हो । डबल डोर रेफ्रिजेरेटर २५ वटा खरीद गरिएको छ । निर्देशनालय मातहतको केन्द्रीय जैविक उत्पादन प्रयोगशालाले २ बर्ष अगाडिदेखि मौजुदा रहेको भ्याक्सिन ढुवानी गर्ने सवारीसाधन प्रयोग विहीन रहेको अवस्थामा थप सवारी साधन खरिद गरेको महालेखा परिक्षणको प्रतिवेदनमा उल्लेख छ ।

खरिद गरेको रेफ्रिजेरेटर २५ मध्ये ६ वितरण नगरेको बताइएको छ । प्रतिवेदनमा भनिएको छ,–‘मौज्दात रहेको सवारीसाधन प्रयोगविहीन रहेको अवस्थामा उक्त साधन उपयोगमा नल्याई थप साधन खरिद गर्नु उचित देखिएन ।’







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]