Nepa Top
century-bank

नेपालसहित ८७ देश सम्मिलित पाचौँ ‘चाइना-साउथ एसिया एक्स्पो’ सुरू

कुनमिङ। चीनकाे युनान प्रान्तस्थित कुनमिङ शहरमा पाचौँ ‘चाइना-साउथ एसिया एक्स्पो’ सुरु भएको छ। दक्षिण एसियाली देशसहित संसारभरका ८७ देशले उक्त एक्स्पाेमा सहभागिता जनाएका छन् ।

ती सबै देशका गरी करिब ४ हजारभन्दा व्यवसायीहरू एक्स्पाेमा सहभागी छन् । साथै विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाका प्रतिनिधि पनि एक्स्पाेमा उपस्थित छन्। एक्स्पोमा दक्षिण एसियाका मात्रै ५२६ व्यवसायिक संस्थाका प्रतिनिधि तथा दक्षिण-पूर्वी एसियाबाट ५१३ प्रतिनिधि उपस्थित रहेकाे एक्स्पाे आयोजक समितिका कार्यकारी निर्देशक गाओ सुसुनले जनाएका छन्र । उनका अनुसार एक्स्पोमा १९ प्रदर्शन कक्षहरु छन् ।

चीनको वाणिज्य मन्त्रालय र युनान प्रान्तीय सरकारले संयुक्तरुपमा आयोजना गरेको सम्मेलन ७ दिनसम्म चल्ने बताइएकाे छ । एक्स्पो अवधिभरमा २४ अर्ब अमेरिकी डलरभन्दा धेरैको सम्झौताहरुमा हस्ताक्षर हुने अनुमान गरिएको छ। (एजेन्सी)

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]