Nepa Top
century-bank

कर्मचारी समायोजन र सरुवामा मन्त्रालय थप कडा बन्दै

काठमाडौं । स्थायी सरकार मानिएको कर्मचारी प्रशासन र सरकारबीच अघोषित द्धन्द्धले प्रदेशदेखि केन्द्रसम्म गुनासो बढ्दो छ । प्रदेश सरकारहरु आफ्नो प्रदेशले काममा रफ्तार लिन नसक्नुको दोष कर्मचारीको अभावमाथि थोपर्दै गर्दा केन्द्रमा स्वेच्छिक अवकासदेखि समायोजनसम्मको विवादले समस्था थपिदो छ ।

स्थानीय तहको निर्वाचनमा लोकप्रिय बनेको नारा हो– गाउँगाउँमा सिंहदरबार । तर यो नाराले मूर्तरुप पाउन अझै सकेको छैन । जस्को मुख्य कारक मानिएका छन् कर्मचारी । कर्मचारीको विषयमा कडा देखिएका संघीय मामिला तथा सामान्य प्रसासन मन्त्री लालबावु पण्डितले खटाइएको ठाउँमा नजाने कर्मचारीलाई कारवाही एक मात्र शर्त अघि सार्दा कर्मचारी आवद्ध बिभिन्न संगठनहरु यस्को विरोधमा देखिएका छन् ।

तर मन्त्री पण्डित अडानबाट एक पाइला पनि पछि नहट्ने पक्षमा उभिएपछि कर्मचारीहरुले ढिलोछिटो सरुवा भएको गन्तव्यमा पाइला नराखि धर पाउने अवस्था देखिदैन् ।

मन्त्रीको अडानको विरोधमा रहेका ट्रेड युनियनका नेताहरु अझै पनि मन्त्री पण्डितलाई गलाउन सकिन्छ की भन्ने दाउमा नै देखिन्छन् । विगतमा आफना मान्छेलाई कमाउ र मालदार अड्डा सरुवा गर्न खप्पिस मानिएका संगठन र यस्का नेताहरु बिभिन्न उपायमा अहिले पनि लागिपरेको धारणा पूर्व प्रसाशकहरुवाट नै बारम्वार आइरहेका छन । तर ट्रेड युनियनका नेताहरु त्यस्ता आरोपहरु स्वीकार्न चाहदैनन् ।

उता सरुवा र समायोजनको रवाना लिएर स्थानीय निकायहरुमा गएका कर्मचारीहरुको आफ्नै गुनासो छ । स्थानीय निकायले उनीहरुको न पत्र बुझ्छ न सरुवा गर्ने मन्त्रालयले कुरा सुन्छ । साँच्चै भन्ने हो भने सरकारलाई यतिवेला कर्मचारी समायोजन काउसोको माला जस्तै बनेको छ ।

सरकारलाई समायोजनको विषयमा सहयोग गर्दा अपजस खेप्नु परेको ट्रेड युनियनका नेताहरुको आफ्नै गुनासो छ भने काठमाण्डौलाई मात्र देश बुझ्ने केहि कर्मचारीका कारण परिस्थिति थप असहज वनिरहेको मन्त्रालयको आरोप छ । कर्मचारी सरुवा र समायोजन प्रक्रियामा मात्र यसरी अल्मलिए त्यस्को असर संघीयताको अभ्यासमा पनि पर्न सक्ने सम्भावना भने बढ्दो छ ।

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]