Nepa Top
century-bank

चिकित्सा शिक्षामा एकीकृत प्रवेश परीक्षा सञ्चालन हुने

काठमाडौं । चिकित्सा शिक्षामा एकीकृत प्रवेश परीक्षा सञ्चालन हुने भएको छ । विश्वविद्यालय तथा प्रतिष्ठानहरुले छुट्टाछुट्टै परीक्षा लिने र नतिजा प्रकाशन गर्दा समस्या आएको भन्दै एकीकृत परीक्षा लिने निर्णय भएको हो।

राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५ अनुसार चिकित्सा शिक्षाको शैक्षिक सत्र, परीक्षा र भर्ना प्रक्रियामा एकरुपता ल्याउन यस्तो निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री एवम् चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओली तथा उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवको निर्देशन बमोजिम चिकित्सा शिक्षाको प्रवेश परीक्षा, भर्ना, पठनपाठन, परीक्षा, नतिजा प्रकाशन लगायतका कार्यहरु एकसाथ गर्ने गरी एउटै क्यालेण्डर लागु गर्न आयोगबाट अन्तिम टुंगो लगाउने गरी निर्णय भएको हो ।

चिकित्सा शिक्षामा एकीकृत प्रवेश परीक्षा (कमन इन्ट्रान्स) सञ्चालनको लागि नीति तथा मापदण्ड निर्धारण गरी परीक्षा सञ्चालन तथा व्यवस्थापन गर्न चिकित्सा शिक्षा आयोगका सदस्य प्राध्यापक डाक्टर जगदीशप्रसाद अग्रवालको संयोजकत्वमा ६ सदस्यीय परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति गठन भएको छ ।







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]