Nepa Top
century-bank

भारतीय रवैयाले नेपाली वस्तीहरु यसपटकको वर्खामा पनि डुबानको जोखिममा

  • राजु पौडेल,

झापा । बोली र व्यवहारमा फरक देखाउने भारतका कारण नेपालका सीमावती धेरै वस्तीहरुले हरेक बर्ष डुबानको समस्या भोग्दै आएका छन् । पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मले भोगेको यो समस्याका लागि स्थायी समाधान खोज्ने पहल सुरु भएपनि भारतले देखाउने फरक व्यवहारले समस्या ज्यूँका त्यूँ छ ।

नेपाल–भारतको पूर्वी सीमा मेची नदीमा भारतले एकतर्फीरुपमा बनाउँदै आएको तटबन्धले झापाका दर्जनौं बस्तीहरु डुबानको खतरामा छन् । भारतले नदी किनारामा सडकसहितको तटबन्ध बनाएकै कारण बर्खामा झापाका पूर्वी दक्षिणी गाउँहरु केही बर्षयता डुबानमा पर्दै आएका हुन् । भारतको विहारराज्यसँग जोडिएको पूर्वको नेपालभारत सीमा मेचीनदी किनारमा भारतले बर्षेनी सडकसहित तटबन्ध बनाउँदै आएको छ ।

यतिमात्र नभई ठाउँ–ठाउँमा मेचीनदीको धार परिवर्तन गर्न माटोको तटबन्ध र स्परहरु समेत निर्माण गर्दै आएको छ भने भारततर्फको भुभाग जोगाउन नदीकिनारमा सडकसहितको तटबन्ध निर्माण गरिरहेको छ । यसरी बर्षेंनी मनोमानी एकतर्फीरुपमा सीमा नदीमा तटबन्ध निर्माण भइरहदा पनि नेपाली पक्ष भने मौन छ । जसका कारण मेचीनगर–३ का वैंशबारी, डाँगाबारी, कल्याणबस्ती, कचनकवल गाउँपालिकाको पाठामारी, बयरबारी र केचनाका दर्जनौं गाउँहरु डुबानमा पर्दै आएका छन् ।

वर्षाद्को समयमा पानीको बहाव बढेसँगै मेचीमा बग्ने पानी भारतले लगाएको तटबन्धका कारण नेपालको भूमितर्फ पस्दा तीन वर्षदेखि भद्रपुर–३ र कचनकवल गाउँपालिका डुबानमा पर्दै आएको स्थानीय बताउँछन् । नेपाली गाउँ जोगाउन स्थानीय तहहरुले केही कार्यहरु गरेपनि त्यो पर्याप्त भने देखिएको छैन ।

स्थानीयका अनुसार तटबन्ध निर्माण गर्नुअघि मेचीनदी भारतीय भूमितर्फ केन्द्रित हुँदै बग्थ्यो । बर्खामा नेपाल–भारत दुवैतिर उत्तिकै क्षति पु¥याउँथ्यो । तटबन्ध बनाउन थालेयता बर्खामा भारतीय सुरक्षित भएपनि नेपालतिर विनाश बढ्दो छ । नजिकिदो वर्षाका कारण नेपालले उठाउँदै आएको यो समस्यालाई अझ प्रभावकारीरुपमा उठाउन जरुरी छ ।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]