Nepa Top
century-bank

गर्मी बढेसँगै अस्पतालहरुमा बिरामीको चाप पनि अध्याधिक बृद्धि

काठमाडौं । गर्मी बढेसंगै अस्पतालहरुमा बिरामीको चाप पनि अत्याधिक वृद्धि भएको छ । गर्मीमा खानपान र पानीबाट हुने संक्रमणले स्वास्थ्यमा समस्या त देखिन्छ नै । त्यसमाथि तापक्रमजन्य शारीरिक समस्याले स्वास्थ्यमा प्रतिकूल प्रभाव परि ज्यानैसमेत जान सक्ने हुदा सावधान बन्न चिकित्सकको सुझाव छ ।

विश्वमा बढ्दो तापक्रम (ग्लोबल वार्मिङ) ले गर्दा बर्षेनी गर्मी बढ्दो छ । बढ्दो गर्मीसंगै स्वास्थ्य समस्या पनि बढ्दो छ । गर्मी बढेसंगै अस्पतालहरुमा हुने थामी नसक्नुको चाप पनि तापक्रमजन्य स्वास्थ्य समस्याको उपज हो । गर्मीबाट जोगिन तरल पदार्थको नाममा मदिराजन्य वा धेरै बढी चिनी भएको तरल पदार्थसमेत सेवन गर्नु हानिकारक भएको चिकित्सकहरु बताउछन् ।

गर्मी छल्न सहारा लिइने रासायनिक मिश्रित पेय पदार्थहरुले झनै शरीरमा भएको तरल पदार्थमा कमी गराउँछ । शरीरको तापक्रममा सन्तुलन कायम राख्न बढी पानी पिउनुपर्ने हुन्छ । तर निर्मलीकरण गरिएको पानी मात्र सेवन उचित मानिन्छ । साथै अधिकांश रोगका जीवाणुको वृद्धि २५ देखि ४० डिग्री सेन्टिग्रेड तापक्रममा हुने गरेको पाइन्छ ।

गर्मी मौसममा वातावरणीय तापक्रम यसैको सेरोफेरोमा रहने भएकाले यो मौसममा रोगका जीवाणुको वृद्धि हुन्छ । जीवाणुहरूको वृद्धि हाम्रो नियमित खानामा पनि हुन सक्छ । ती जीवाणुहरू र तिनले उत्पादन गरेका विभिन्न रसायनहरू (टक्सिनहरू) ले विशेष गरी झाडापखाला लगाउने, बान्ता गराउने, पेट दुखाउने तथा फुड प्वाइजनिङ गराउने हुँदा सावधानी अपनाउन चिकित्सकको सुझाब छ ।

अत्यधिक गर्मीले शरीरको तापक्रम नियन्त्रण गर्ने प्रणालीमा अवरोध उत्पन्न गरी विभिन्न शारीरिक समस्या संगै मृत्युसमेत हुन सक्छ । गर्मीमा जलवियोजन हुने हुँदा २४ घण्टामा ४÷५ लिटर पानी वा अन्य झोल पदार्थ जस्तै जीवनजल, दालको झोल पिउनु पर्दछ । गर्मीमा धेरै गुलिया खानेकुरा खानु हुदैन, यसबाट पनि शरीरमा झन गर्मी उत्पन्न हुन सक्दछ ।

गर्मीमा बालबालिका र शिशुहरुलाई तोरीको तेल वा अन्य यस्तै तेल लगाउनु हुदैन , यसबाट पसिना कम निस्कन गै झन गर्मी हुन्छ । लु ’ अर्थात तातो हावा चलिरहेको अवस्थामा बाहिर निस्कनु हुदैन , घर भित्र बस्नु पर्दछ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गर्मीको बेला गम्भीर स्वास्थ्य समस्या देखिन सक्ने भन्दै आम सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।

 

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]