Nepa Top
century-bank

विश्वकपको दौरानमा शान्ति सुरक्षा खल्बलिने कार्य नगर्न प्रहरीको आग्रह

काठमाडौं । विश्वकप फुटबलको दौरानमा असामाजिक क्रियाकलाप, होहल्ला र झैझगडा लगायतका आपराधिक गतिविधि गर्नेलाई प्रहरीले कडा कारवाही गर्ने भएको छ । प्रहरीले विश्वकपको नाममा हुने कुनै पनि अवाञ्छित गतिविधि सैह्य नहुने बताएको छ ।

विश्वकप फुटबल नजिकिएसंगै झै झगडा लगायतका आपराधिक क्रियाकलाप बढ्न सक्ने भन्दै प्रहरीले सुरक्षा सतर्कता समेत बढाएको छ । राति अबेर सम्म मदिरा सेवन गरी होहल्ला गर्ने, विश्वकपको बहानामा अन्य अनैतिक क्रियाकलाप, अवाञ्छित गतिविधि गर्ने, बाजी लगाउनेलगायतका कार्यमा संलग्नलाई कडा कारबाही गर्ने महानगरीय प्रहरी परिसरका प्रमुख विश्वराज पोखरेलले जानकारी दिनुभयो ।

प्रहरीले शान्ति सुरक्षा नखल्बलिने गरि शाान्त वातावरणमा विश्वकप फुटबलको मनोरञ्जन लिन समेत सर्वसाधारणलाई अपीले गरेको छ ।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]