Nepa Top
century-bank

विद्युत् चोरी नियन्त्रणका लागि गृह र उर्जा मन्त्रालयले संयुक्त अभियान चलाउने

काठमाडौं । विद्युत् चोरी नियन्त्रणका लागि गृह र उर्जा मन्त्रालयले संयुक्त अभियान चलाउने भएका छन् ।

सिंहदरवारमा आज बसेको संयुक्त बैठकले जिल्ला प्रशासन कार्यालय र विद्युत् प्राधिकरणको शाखाको समन्वयमा कार्ययोजना बनाएर विद्युत् चोरी नियन्त्रण अभियान सञ्चालन गर्ने निष्कर्ष निकालेको हो । त्यसैगरी, बिद्युत आयोजना निर्माण क्षेत्रको सुरक्षा प्रबन्ध मिलाउने विषयमा पनि दुई मन्त्रीबीच छलफल भएको थियो ।

उर्जा मन्त्रालयले जलविद्युत आयोजना निर्माणमा ढिलासुस्ती गुणस्तरहीन काम गर्ने निर्माण कम्पनीलाई गृह मन्त्रालयमार्फत कारवाही गर्ने व्यवस्थाबारे पनि छलफल भएको बताइएको छ ।







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]