Nepa Top
century-bank

अभिनेत्री दीपिका बस्ने विल्डिङमा भिषण आगलागी, ८ वटा फायर ब्रिगेडका गाडीले आगो नियन्त्रण गर्दै

मुम्बई । मुम्बईको वर्ली इलाकास्थीत मञ्जीला विल्डिङमा भिषण आगलागी भएको छ । त्यस मञ्जीला विल्डिङमा अभिनेत्री दीपिका पादुकोण पनि रहँदै आएकी छन् । त्यस विल्डिङमा आगलागी हुँदा अभिनेत्री दीपिका भने घर भन्दा बाहिर थिइन् ।

मञ्जीला विल्डिङको ३२ औं तल्लामा आगलागी भएको हो । यस विल्डिङमा भएको आगालागी के कारणले भयो भन्ने बारे पूर्ण जानकारी आएको छैन । अहिले ८ वटा फायर ब्रिगेडका गाडीले आगो नियण्त्रण गरिरहेका छन् ।

रिपोर्टसका अनुसार आगलागी भएको समयमा अभिनेत्री दीपिका पादुकोण भने घरमा थिइनन् । उनी कुनै एक ब्राण्डको विज्ञापनको लागि बाहिर गएकी थिइन् । यो विल्डिङ वर्ली इलाकाको वीर सावरकर मार्गमा छ । यसै विल्डिङको २६ औं फ्ल्याटमा अभिनेत्री दीपिका रहँदै आएकी छन् ।

दीपिकाले २०१० मा १६ करोडमा यो फ्ल्याट किनेकी थिइन् । विनिता चैतन्याले उनको यस फ्ल्याटको साज सज्जा गरेकी थिईन् । एजेन्सी

 

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]