Nepa Top
century-bank

सुन तस्करी प्रकरण : बाजेको सेकुवाको ६ स्थानमा छापा

काठमाडौं । काठमाडौँस्थित बाजेको सेकुवा रेस्टुरेन्टमा छापा मारेको छ । साढे ३३ किलोसँगै ३८ क्वीन्टल सुन प्रकरणको छानबिन समितिले बाजेको सेकुवा रेस्टुरेन्टमा छापा  मारेको हो  ।

सुन तस्करी अभियुक्त चूडामनि उप्रेती (गोरे) को मामा नाता पर्ने चेतनाथ भण्डारी मालिक रहेको  ६ वटा सेकुवा कर्नरमा सुन प्रकरणको छानबिन समितिले बुधवार छापा  मारेको  जनाइएको छ  ।  १० वटा आउटलेज मध्ये ६ वटा सेकुवामा सिलबन्दी गरिएको अनुसन्धान टोलीका सदस्यले जानकारी दिए।

समितिले काठमाडौंको बत्तीसपुतली, अनामनगर, गोंगबु, लविम मल लगायतमा छापा मारेका छन्  । रेस्टुरेन्टका मालिक चेतन भण्डारी फरार भएपछि जिल्ला अदालत, मोरङमा मुद्दा दायर भएको थियो ।

 

 

 







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]