Nepa Top
century-bank

अमेरिकाबाट आयो गीतकार ममता राईको ‘धुँवा’ (भिडियोसहित)

  • शान्तिराज राई,

काठमाडौं । समाजसेवी, मोडल तथा गितकार ममता रार्इको ‘धुवा’ बोलको गीत सार्वजनिक भएको छ । यो गीत न्युयोर्कमा बस्दै आएकी व्युटिशियन ममता राईले लेखेकी हुन् । गीतकार राईको यो गीत अगावै ‘ममता’ नामक गीती एल्बम सार्वजनिक गरीसकेकी छन् । अमेरिकामा बसोबास गर्दै आईरहेकी राई ‘ममता जनहित फाउण्डेशन’की सञ्चालक पनि हुन् ।

यस फाउन्डेशनले प्रत्येक बर्ष सोलुखुम्बुमा गरिब जेहेन्दार ३ जनालाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । त्यस्तै समय समयमा बृद्ध बृद्दाहरुलाई लत्ताकपडाका साथै आर्थिक सहयोग पनि गर्दै आएको छ ।

गीतकार राईले दर्जनौं जनवादी गीत लेख्नुका साथै धेरै गीतहरुमा माडलिङसमेत गरिसकेकी छन् । भर्खरै सार्वजनिक भएको ‘उडी हराउने धुँवा’ गीतलाई गायक राजेशपायल राईले स्वरबद्ध गरेका छन् । यो गीतलाई गीतकार ममताले अमेरीकामै रेकर्ड गरेकी हुन् । गीतलाई दीप घतानीले संगीत भरेका छन् ।

सार्वजनिक गीतको बारेमा बोल्दै गायक राजेश पायल राईले गीतकार ममता राईको शब्दमा गीत राम्रो बनेको बताए । राजेश पालयलले भने ‘हामिले नेपाली फिल्मका गीतहरु विदेशको कुरा गर्ने हो भने इन्डियामा मात्र रेकर्डिङ गर्दै आएका छौं । तर म आफुलाई भाग्मानी ठान्छु कि मैले कोरीया, जापान र अमेरीकामा आफ्ना गीतहरु रेकर्ड गर्न पाइरहेको छु ।’

त्यस्तै गीतकार ममता राईले पनि अमेरीकामै गीत रेकर्ड गर्न निकै गाह्रो भएको बताइन् । गीत रेकर्ड गर्न केही समस्या भएपनि दुख गरे अनुसार गीत राम्रो बनेको बताइन् ।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]