Nepa Top
century-bank

विश्वयुद्ध हुँदै ट्रम्प-किमको सुरक्षासम्म तैनाथ ‘गोर्खाली’लाई भारतले चिनेकै छैन !

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच एेतिहासिक मिलन भएकाे छ । सिंगापुरस्थित सेन्तासा आइल्याण्डको एक होटलमा ट्रम्प र किमबीच भएकाे पहिलाे वार्तामा गाेर्खाली सैनिकले सुरक्षा दिएकाे कुरा अहिले सर्वत्र चासाे र चर्चाकाे विषय बनेकाे छ ।

विश्वकै महाशक्ति राष्ट्र अमेरिका र हिजाेसम्म उसकाे ‘शत्रु’ मानिएकाे उ. काेरियाका दुई शीर्ष नेताको सुरक्षा गोर्खालीले दिनु चानचुने हाेइन । सिंगापुर प्रहरीमा भर्ती भएका गोर्खाहरुले रक्षा कवच, बेल्जियममा बनेको एफएन एससीएआर कम्ब्याट राइफल र पेस्तोलसहित यी नेताकाे सुरक्षा दिइरहेका छन् । सबै अत्याधुनिक हतियारका बाबजुद गोर्खा सैनिकहरुले नेपाली शान बाेकेकाे खुकुरीलाई छाडेका छैनन् । खुकुरी गोर्खालीहरुको परम्परागत रोजाईको हतियार हो ।

Gurkhas stand guard outside the Suntec international convention centre ahead of the International Monetary Fund (IMF) - World Bank meetings in Singapore in this September 12, 2006 file photo. A group of Nepalese Gurkhas in a contingent attached to Singapore's police "scuffled" last week in a dispute over wages, a rare display of indiscipline in a force renowned for its bravery and devotion to duty.

सिंगापुरले उपलब्ध गराउन सक्ने सबैभन्दा उत्कृष्ट सुरक्षाकर्मी नै गोर्खाली रहेकाे बताइएकाे छ । गोर्खालीहरु धेरै मजबुत अग्रपङ्तिको फौजको रुपमा चिनिन्छन् र विशेष कार्यक्रमहरुको सुरक्ष विशेष गोर्खालीले नै दिएका हुन्छन् । गोर्खाली सबैको रोजाइको फाैज हो ।

जर्मनका तानाशाह एडोल्फ हिटलरले कुनै बेला भनेका थिए, ‘यदि मसँग गोर्खाहरु हुन्थे भने मलाई संसारका कुनै पनि सेनाले पराजित गर्न सक्ने छैनन् ।’

गोर्खाहरुकै शक्तिको आडमा संसारभरि आफ्नो उपनिवेश विस्तार गरेको बेलायतका प्रिन्स चाल्र्सले भनेका थिए, ‘संसारमा यस्तो एउटा मात्र ठाउँ छ, जो सुरक्षित छ, जहाँ गोर्खाहरु छन् ।’ दुनियाँका शक्तिशाली शासकहरुले गोर्खालीको प्रशंसा इितिहासमा गर्दै अाएकाे पाइन्छ ।

सन १८१५ मा बेलायती सेनाले नेपालमाथि धावा बोल्यो । तर बेलायतीहरु गोर्खालीबाट सजिलै पराजित भए । त्यसपछि बेलायती सेनाका अधिकारीहरुले सोचे कि यदि गोर्खालीलो पराजित गर्न सकिँदैन भने उनीहरुलाई आफ्नो सेनामा सामेल गर्न अवश्य सकिन्छ । त्यसपछि नेपाल र बेलायतबीच भएको शान्ति सम्झौतामा नेपाल गोर्खालीलाई बेलायती शाही सेनामा भर्ति हुने स्वीकृति दियो । त्यसपछि पहिलो र दोस्रो विश्वयुद्धसहित गोर्खाली सेनाले कैयन युद्ध लडे । त्यस मध्येको फकल्याण्ड युद्ध त बेलायतीहरुले जीवनभर नबिर्सने युद्ध गोर्खालीले लडिदिए ।

सन् १९६५ मा भारतको नाथुलामा गोर्खाहरुको सामना गरेपछि एक चिनियाँ सैन्य अधिकृतले भनेका थिए, ‘गोर्खाहरु युद्ध मैदानका लागि घना जङ्गलको बाघजस्तै हो । बाघजस्तै लड्दा रहेछन् ।’

बेलाबेलामा गोर्खालीहरुको चर्चा धेरै नै हुने गरेको छ । विशेष त युद्धको समयमा गोर्खालीहरुको चर्चा हुने गरेको पाइन्छ । तर अहिले पनि गोर्खालीहरु फेरि चर्चामा आएका छन्- युद्धको रुपले होइन, शान्ति-सुरक्षाकाे भूमिकामा खटिएर । विश्वका ‘साढे’ समेत भनेर चिनिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकालाई चुनौती दिइरहेका उत्तर कोरियाका नेता किम जोङ अनको सुरक्षाले गोर्खाहरु फेरि पनि चर्चित भएका हुन् ।

प्रथम विश्वयुद्धमा गोर्खाली

प्रथम विश्वयुद्ध सन् १९१४ बाट युरोपमा सुरु भएको थियो। यसमा बेलायत सरकार पनि युद्धमा मुछिएकोले त्यस समयका नेपाली प्राइममिनिस्टर चन्द्र शमशेरले अंग्रेजसँग राम्रो सम्बन्ध स्थापित गर्ने उपयुक्त समय सम्झेर मौकाको सदुपयोग गर्दै भारतस्थित अंग्रेज गभर्नर, जनरललाई चिठ्ठी लेखेर पठाए।

विश्वयुद्धमा भाग लिई नेपालीको वीरता र पुरुषार्थ देखाएर अन्तर्राष्ट्रिय ख्याति प्राप्त गर्ने चन्द्र शमशेरको लक्ष्य थियो। उनले सन् १९१४ को सुरुमा जनरल बबर शमशेर, जनरल पद्मशमशेर, जनरल तेज शमशेर, जनरल केशर शमशेरको नेतृत्वमा अंग्रेज सरकारलाई सहयोग गर्न सैनिक पठाए।

युरोपेली मुलुकमा युद्धको गाम्गीर्य बढिरहेकोले नेपाली सैनिक भर्ती गर्ने काम युद्धस्तरमै रह्यो। नेपाली युवक १८ वर्षदेखि ५० वर्षकासम्म सैनिक सेवाका लागि छनोट गरियो। नेपालको जनसंख्याको झण्डै २० प्रतिशत व्यक्तिलाई युरोपेली युद्धमा चन्द्र शमशेरले सामेल गराए भन्ने ‘लण्डन नेपाल’ भन्ने पुस्तकमा उल्लेख थियो। चन्द्र शमशेरले प्रथम युद्ध कालमा अंग्रेजलाई आर्थिक सहयोग समेत गरेका थिए ।

गाेर्खालीले विश्व युद्ध मैदानमा वीरताका साथ लडे। उनीहरूले युद्धका क्रममा फेष्र्टवर्ट, पश्चिमी फ्ल्यार्डस न्यू अचापेल, प्रेग, स्लाइप, ग्यालिपोली, मेसोपोटामिया, लस आदि मोर्चामा वीरता देखाए।

युद्ध मैदानमा नेपाली सेनाको वीरता देखेर जर्मन सम्राट कैजार विलियम द्वितीयले भनेका थिए, ‘म मेरा प्यारा फौजलाई संसारको कुनै देशका फौजसँग लडाउन किञ्चित डर मान्दिनँ, तर गोर्खाली सैनिकको नाम सुन्दा मेरो मुटु काम्दछ।’

प्रथम विश्व युद्धमा नेपाली सैनिकको वीरताबारे वर्ण गरी नसकिने छ। जस्तोसुकै अवस्थामा पनि विचलित नभई ज्यानको बाजी लगाई, कुनै पर्वाह नगरी कतै गोली वर्षाए कतै खुकुरीको स्वाद शत्रुलाई चखाए र आफ्नो मातृभूमि नेपालको इज्जत र बहादुरी देखाए। यस युद्धले नेपाली सेनाको उच्च मूल्यांकन विश्व इतिहासमा गराएको छ।

दाेस्रो  विश्वयुद्धमा गोर्खाली

दाेस्रो  विश्वयुद्ध सन् १९३९ देखि सुरु भएको थियो । नेपालका प्राइममिनिस्टर जुद्ध शमशेर कलकत्ता गई भारतका अंग्रेज गभर्नर जनरलसित नेपालले अंग्रेजलाई के कस्ता सहयोग गर्नुपर्दछ भनी सरसल्लाह गरेका थिए। कलकत्ताबाट जुद्ध शमशेर नेपाल फर्केपछि विश्व युद्धको लागि सहयोग कार्यक्रम बनाए।

दोस्रो विश्वयुद्धमा नेपाली सेना बर्मा, मिश्र, सुडान, अनिसिपीया, इटाली, सिरिया, इराक, इरान र सिंगापुरमा  लगियो । यस युद्धमा पनि जुद्ध शम्शेरले अंग्रेज सरकारलाई आर्थिक सहयोग गरेका थिए। नेपाली योद्धाले आफ्नो मातृभूमिलाई इज्जत र गौरवको दोसल्लाबाट सम्मानित गराएका थिए।

यस युद्धमा भारतीय गोर्खा पल्टनका बहादुरहरू सम्मानित भएका थिए। उनीहरूको काम कारबाहीको उच्च मूल्यांकन र विश्व इतिहासमा गोर्खाली वीर भन्ने विश्वले चिन्छ।

दोस्रो विश्वयुद्धको समाप्तिपछि भारतका प्रधानसेनापति सर क्लाइड अकिन्लेन्क २५ अक्टुबर १९४५ मा काठमाडौँ आए। उनको स्वागतार्थ मार्चपास आयोजना गरियो। सर क्लाइड अकिन्लेन्कलाई नेपाल तारा, तलबार र हेल्मेटका साथै अन्य उपहार प्रदान गरियो। उनी नेपालका गाेर्खालीले दोस्रो विश्वयुद्धमा लडेबापत के-कस्तो पुरस्कार दिने भनी छलफलका लागि काठमाडौँ आएका थिए।

जुद्ध शमशेरले नेपाली सैनिकसमक्ष भाषण दिएका थिए कि नेपाल सरकारले सैनिकका लागि ३ लाख रूपैयाँ फण्ड राखिदिएको थियो। अंग्रेज सरकारले एकमुष्ठ १० लाख रूपैयाँ दिने कुराको सर अकिन्लेकले बताए। तत्कालीन नेपालका प्रधान सेनापति जनरल पद्म शमशेरले अंग्रेजबाट पाउने रकम १० लाख रूपैयाँ नेपालको औद्योगिक विकासमा लगाउने पनि सिफारिस गरे। पद्म शमशेरको यो निर्णले नेपाली सैनिकमा असन्तोष बढेको थियो भन्ने इतिहासमा उल्लेख भएको पाइन्छ।

संसारकै सुरक्षित टापु

अहिले पनि सिङ्गापुर प्रहरीमा लागि नेपाली युवाहरुको आकर्षण अझै पनि उस्तै रहेको पाइन्छ । वर्षमा करिब २ सय नेपाली सिङ्गापुर प्रहरीमा भर्ना हुन्छन् । तिनै गोर्खाहरुले सुरक्षा दिइरहेको सिङ्गापुर टापु संसारकै सुरक्षित टापु मानिन्छ ।

तर, बिडम्बना ती गोर्खाहरुको भर्नादेखि सबै प्रक्रिया ब्रिटिसले गर्छ । नेपाली युवा आफ्नो देशमा लैजानका लागि सिङ्गापुरले ब्रिटिससँग सम्झौता गरेको छ । नेपाल सरकारसँग उसको कुनै चासो नै छैन ।

सिङ्गापुर गोर्खामा कार्यरत तथा भूतपूर्व प्रहरीहरु नेपालले सिङ्गापुरसँग सिधै सम्झौता गरोस् भन्ने चाहन्छ । यसका लागि गेसोले अभियान पनि नचलाएको होइन तर, सरकारले पहल गरेको छैन । ब्रिटिसमार्फत जाँदा कतिपय सेवा-सुविधामा समेत कन्जुस्याइँ भएको उनीहरुको भनाइ छ । सुविधाको पाटो एकातिर होला, तर महत्वपूर्ण पाटो भनेको एउटा स्वतन्त्र देशको विषय पनि हो ।

तर भारतले किन चिनेन ?

यहाँनिर, अर्काे बिडम्पनाको कुरा के हो भने यसरी विश्वलाई नै सुरक्षा दिइरहेको गाेर्खालीको अाफ्नै भूमि भने सुरक्षित छैन । खासगरी दक्षिणी छिमेकी मुलुक भारतबाट बारम्बार नेपालकाे सिमाना मिच्ने र सीमावर्ती क्षेत्रका जनतामाथि अत्याचार गर्ने क्रम राेकिएकाे छैन, झन बढ्दै गएकाे छ ।

विश्वयुद्धमा वीरताका साथ लडेका, अंग्रेस फाैजलार्इ पराजित गरेका र विश्वकै शक्तिसम्पन्न देशका नेता सुरक्षा दिइरहेका गोर्खालीले आफ्नो मातृभूमिलाई सुरक्षा दिन नसक्ने कहीँ हुन्छ र ? हामीकहाँ ‘राष्ट्रवादी’काे पगरी गुथ्ने नेताहरू नै निकम्मा छन्, पराधिन मानसिकताले ग्रस्त छन् । उनीहरू छिमेकीसँग सीमा सुरक्षाकाे विषयमा खुलेर कुरा राख्न सक्दैनन् ।

 

नेपाल-भारतबीचको सिमा विवादले वषौँदेखि पिडीत छन् नेपालीहरु । पटकपटक भारतले नेपालीलाई सिमानाको विषयमा थिचोमिचो र अत्याचार गर्दै आएको छ । नेपालीहरुले सिमाको विषयमा आवाज उठाउँदा भारतीय पक्षले नेपालीहरुमाथि बल समेत प्रयोग गर्ने गरेका उदाहरणहरु थुप्रै छन ।

सन् १८६० बाट सुरु भएको सिमा अतिक्रमण र विवाद आजसम्म पनि उस्तै छ । हालसम्मका केही तथ्याङ्कहरुलाई हेर्ने हो भने नेपालमा राणा कालदेखि हालसम्म पनि बारम्बार भारतीय पक्षबाट नेपालको भूभाग अतिक्रमण भइरहेको छ ।

कुन सरकारका पालामा नेपाली भूमि कति मिचियो ?

सिमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार राणाकालीन समयमा १४ हजार ५ सय १५ हेक्टर नेपाली भूभाग भारतीय पक्षबाट मिचिएको थियो । त्यसपछि राजा महेन्द्रको प्रत्यक्ष शासन कालमा ३७ हजार हेक्टर जमिन अतिक्रमणमा परेको देखिन्छ ।

तुलसी गिरी प्रधानमन्त्री हुँदा १५ हेक्टर जमिन मिचिएको थियो भने सुर्यबहादुर थापा पटकपटक प्रधानमन्त्री हुँदा ३ सय ९ हेक्टर जमिन अतिक्रमणमा परेको बताइन्छ ।

त्यसैगरी लोकेन्द्रबहादुर चन्द पटक-पटक प्रधानमन्त्री हुँदा ३ सय ८९ हेक्टर जमिन मिचिएको थियो भने गिरिजाप्रसाद कोइरालाको पालामा १ हजार सय २ हेक्टर भूभागमा अतिक्रमण भएको थियो ।

उता शेरबहादुर देउवा प्रधानमन्त्री ३ पटकसम्म प्रधानमन्त्री हुँदा ९७ हेक्टर र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा ५८ हेक्टर भूभाग मिचिएको सीमाविद्हरू बताउँछन् । त्यसबीचका सरकारका पालामा पनि धेरथोर नेपाली भूभागहरु अतिक्रमित भइरहे तर पनि सिमा विवाद सुल्झाउने विषयमा कोही पनि अग्रसर भएनन् ।

१५ सय पिल्लर गायब

सन् २००७ सम्म नेपाल-भारत सीमामा निर्माण गरिएका ४ हजार ३ सय ६० पिलर निर्माण गरिएका थिए । तर तीसमध्ये हालसम्म १५ सय हाराहारिको पल्लिरहरु गायब भैसकेका छन् ।

कति सीमास्तम्भ गलत नियत राखी उखेलेर फ्याँकिए भने कतिलाई खोलाले, बाढीले बगाएकाे बताइन्छ । सीमामा हाल कायम पिल्लरमध्ये धेरै पिल्लरहरु पनि मर्मतसम्भार गर्नुपर्ने अवस्थामा छन् ।

ट्रम्प–किमको सुरक्षा दिइरहेका गोर्खालीको छातीमा के देश दुख्दैन र ? मातृभूमि यसरी बारम्बार मिचिरहँदा गोर्खालीको मन कस्तो हुन्छ होला ? यति धेरैको सुरक्षा दिने र विश्वमै बहादुर कहलिने गोर्खालीकाे देश किन अाज निरीह छ ?

यो पनि पढ्नुहोस् : 

पुड्केकै हात माथि, चाहे भने असम्भव भन्ने केही छैन !

 







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]