Nepa Top
century-bank

सकारात्मक परिवर्तनः युवाको नैतिक दायित्व !

  •   पिपला ढुंगाना,

हामी देश बदल्ने आँट बोकेर दौडेको एक जमात।कति सक्षम छौँ त आफ्नो कर्तव्य निभाउन रु हामीले दैनिकी चलाउने सिलसिलामा कहाँ अनि कति आफुलाइ इमानदार भएर आफ्नो कर्तव्य पालना गर्यौँरु हो सोच्ने बेला आएको छ।

लेखिकाः पिपला ढुंगाना

कसरी आफुलाइ इमान्दार बनाउने भन्ने बारे ।आजको समय ब्यस्तताको अर्को नाम भएको छ सहरमा। सडकमा हुने ट्राफिक जाम र धुलाम्मे सडक त हामी लाई आदत परिसकेको छ । त्यो माथी पनि सडक भरि फालिने फोहोर त हामिले वास्ता गर्ने विषयभित्र पर्छ कि पर्दैन भन्ने मा पनि शंका लाग्छ। समय जति नै बदलिए पनि हामीले आफू लाई दलेको खण्डमा परिबर्तन सम्भब छैन । जसको निम्ति सकारात्मक सोच र पहल कदमी एउटा अपरिहार्यता हो।

कसरी परिवर्तन गर्ने आफू लाई ?

सडक फोहोर हुनुमा तपाईं अनि म नै दोषी हौं । हुन त हामी सरकारले केही गरेन भन्नमा यति विघ्न ब्यस्त छौँ कि मैले के गरिन भन्ने बारे सोच्ने फुर्सद नै छैन ।तपाईं अनि म मध्ये कति जना ले आफू ले खाएका चक्लेट का खोल सडकमा फालेनौ ? आफू लाई बिर्सिएर एक पटक सोच्नुस् त१ मैले कहाँ कहाँ चुरोटका ठुटा, परागको खोल, केरा को बोक्रा, अन्य यस्तै यस्तै फालेँ भनेर ।केही दिन आघिको कुरा हो म नेपाल ल क्याम्पस बाट पुरानो बसपार्क जादै थिए ।

बीच मा रहेको आकाशे पुल नजिकै एउटा जमात देखेँ के रहेछ भनेर हेर्न गएको एक जना दाइ केरा को बोक्रा मा चिप्लिएर लड्नु भएको रहेछ। हामीले उहाँलाई उठाएर केही बेर आराम गरायौँ, चोटपटक धेरै नलागेको ले उहाँ जानूभयो ।

भाग्यबश चोट धेरै थिए !

उहाँ लाई आफैं घर जान सजिलो भयो । सम्झनुस त त्यो घटना तपाईं आफैं माथी घट्न सक्थ्यो या सक्दैनथियोरुकैयौंपटक सडक मा फोहोर फाल्नु हुँदैन भन्ने बिषय मा साथिहरु को जवाफ मैले एउटाले गरेर सफा हुने होर भन्ने पाएको छु । म आफु लाई शिक्षित हुँँ भन्नमा पनि गर्ब लाग्दैन । हाम्रो प्रतिनिधित्व गर्ने जमात नसुध्रने हो भने एकाध थान मानिस सचेत भएर केही हुदैन ।सडक हाम्रो सम्पत्ति हो जसको रक्षा गर्नु हाम्रो कर्तव्य पनि हो।हामी अधिकारका नारा लिएर जसरी आफ्नो आवाज बुलन्द बनाउछौँ, त्यसरी नै कर्तव्य को पाटो लाई पनि निभाउन सक्नुपर्छ । हामी लाई घर सफा राख्नु पर्छ भन्ने थाहा छ। तर किन त्यही घर बाट निस्केको फोहोर आफ्नो करेसो भन्दा अलि पर अर्काको करेसोमा फाल्नु हुदैन भनेर थाहा छैन । थाहा नभएर या जानिजानि ?  मान्छेले दुनियाँ लाई ढाँट्यो भने पनि आफू ले आफू लाई कहिले पनि ढाट्न सक्दैन । कम्तीमा हामी त्यही आफू भित्र को आफू लाई नढाँट्ने प्रयत्न गरौं न।

सरकारले के गरेन होइन के गर्यो भनेर पनि हेर्ने गरौं

फोहोर तथा प्लास्टिक जन्य फोहोर अव्यवस्थित रूपमा नफाल्न सरकारले निर्देशन जारी गर्‍यो । २०७३ माघ १ गते भएको सो निर्देशन को ११ महिना कटिसकेको छ । त्यो बिचमा सरकारले बानी लगाउन को लागि भनेर १ महिना को समय पनि दिएकै हो । सरकारले आफ्नो निर्देशन लाई शसक्त निगरानी नगरेको भन्ने कुरामा शंका नै छैन तर हामी ले त्यो १ महिना लाई यसरी लियौँ कि जे गरे पनि हुने रहेछ । भनिन्छ नि औंला दियो भने डुडुल्नो नै निल्छन मान्छे भनेर। हो तेस्तै बनायौ हामीले त्यो १ महिना को गलत फाइदा उठाएर।सरकारले नेपाल यातायात व्यावसायि महासंघ र स्थानीय बिकास मन्त्रालय बीच सम्झौता गरेर गरेको उक्त निर्देशन लाई सरकारले गरेको उत्कृष्ट कार्य मान्नु पर्छ । भलै त्यस लाई स्थायी रुप ले स्थापित गर्न सकेन।या हामीले साथ दिएनौं । केही थान यातायातका साधनमा डस्टविन राख्ने काम पनि भएकै हो । हामी ले प्रयोग गर्यौँ या गरेनौं त्यो त सडक ले आज पनि छर्लङ्ग नै पारिदिएको छ ।

२०७३ कै फाल्गुन १८ गते भएको २० बर्ष पुराना सवारीसाधन बिस्थापन गर्न गरेको निर्णय पनि सह्रानिय नै छ।सरकार ले व्यावसायि लाई उचित सहुलियत नदिइकन सो निर्णय लिएको भन्ने कुरा पनि छ।तर जे होस सहुलियत लिने दिने सरकार र यातायात व्यावसायि बीच को किचलो मेटिनु जरुरी छ।र पनि यो कार्य लाई हामीले साथ दिनु नै पर्छ।एउटा सकारात्मक कदम हो भनेर स्विकार्नु पर्छ ।काठमाडौं उपत्यकाको प्रदुषण बढ्नु मा ४०५ हिस्सा यातायात को साधनको रहेको कुरा बाताबरण बिभाग को एक अध्ययनले देखाएको छ।जसलाई नियन्त्रण गर्न पनि यो कार्य जरुरी छ।

सरकारले गरेको अर्को काम हो २०७४ बैशाख १ गते देखि उपत्यकामा हर्न बजाउन निषेध गर्नु । सवारी तथा यातायात ब्यबस्था एेन २०४९ लाइ आधार बनाएर यो नियम लागु गरिएको हो । विशेष परिस्थिति बाहेकमा हर्न नबजाउदा पनि बाताबरण केही हद सम्म शान्त भएको पाउछौँ हामी । ध्वनि  प्रदुषण र मानव स्वास्थ्य माथिको प्रतिकुल असर लाई मद्यनजर गरेर सरकारले गरेको यो कार्य पनि प्रसंशा लायक छ।

हुन त दैनिक रूपमा नियम मिच्ने हरु को तथ्यांक पनि आइरहेको छ । तर हामीले त्यो तथ्यांक लाई समान्य मान्नु पर्छ।केही थान गल्ति हरु लाई आधार बनाएर कामकारबाही भएको छैन भन्नु हाम्रो मुर्खता हुन जान्छ ।

सरकार ले गरेको अर्को राम्रो काम हो सर्बजनिक स्थलमा धूम्रपान रोक्ने निर्णय ।सार्बजनिक स्थलमा धूम्रपान गर्दा जनस्वास्थ्यमा पर्ने नकारात्मक असरबारे ध्यानाकर्षण गर्दै २०६८ साल मा सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन लागू गर्यो।जसले सम्पूर्ण रुपमा नभए पनि केही हद सम्म सार्वजनिक स्थलमा धूम्रपान गर्नेको संख्यामा कमि आयो।जसले पुर्णता नपाउनुमा तपाईं हामीनै दोषी छौँ ।

के हो त हाम्रो नैतिक कर्तव्य र ?

हामी प्रथा र परम्परा लाई अंगालेर हाम्रो निति नियम लाई पनि पछाडी छाड्ने समाज का मान्छे र पनि किन हामी सकारात्मक कदम हरु लाई परम्परा बनाउने चेष्टा गर्दैनौरुरुआज पनि बैचारिक आधुनिकता भेट्टाउन मुश्किल छ । अस्ति भर्खर को कुरा हो म र मेरो साथि डिल्लिबजार को बाटो कुनै ईन्स्टिच्युट जादै थियौँ बाटोमा बिरालो ले बाटो काट्यो उसले बाटोमा बाइक रोक्यो । अर्को बाइक आउँदा सम्म को पर्खाइमा । हामी कति सम्म छौ भने जाबो बिरालोले बाटो काट्दा आशुभ हुन्छ भन्ने मनगणन्ते कुरा लाई पछ्याउन छाड्दैनौँ । अनि सफा सहर राखौं भनेर सरकारले हिडेको एक कदम को पछाडि आफ्नो अर्को कदम राख्न चाहन्नौँ । अनि भन्न पनि छाड्दैनौँ निरीह सरकार भनेर ।हामी सक्रिय बनेर देखाउनुपर्ने बेला हो यो । अनि सक्रिय बन्नेछ देश ।

हामीले आफुलाइ कर्तब्यनिष्ट नबनाउदा सम्म परिवर्तन आकासको फल आँखा तरि मर कै स्थितिमा रहन्छ । बिदेशी भुमिमा कडा कानुनी पालना गरेर फर्केको जमात जसलाई थाहा छ के गर्नुपर्छ वातावरण सफा राख्न भनेर,अनि उच्च शिक्षा को अभिलाषा बोकेर बिदेशीने रहरका जमातहरु महङ्गा इन्सटिच्युट का ब्रुसर बाटो भरि फाल्नु पुर्व १ पटक सोच्नु पर्छ हामीले फालेका ब्रुसरले कति कुरुप बनाउँदै छ देशलाई भनेर । हामीले मन बचन र कर्म ले परिवर्तन को सुरुवात गर्यौँ भने असम्भव भन्ने कुरा केही छैन ।स्मार्ट सिटीको अवधारणा लाई लिएर हस्यास्पद मजाक बनाउने समय आफुलाइ सुधार्न तिर लगाअौँ।नैतिक दायित्व कानुनी दायित्व भन्दा शक्तिशाली हतियार हो ।

एक देशको सफलता त्यो देश का मान्छेको गुणबाट देख्न सकिन्छ । सामाजिक परिवर्तनको लागि विशेष गरी युवाहरूको ठूलो भूमिका छ । युवाहरू राष्ट्रको भविष्य हुन् । युवाहरु परिवर्तनको एजेन्ट हुन । उनीहरूमा समाज लाइ परिवर्तन गर्न शक्ति छ । कुनै एक व्यक्ति नैतिकवान हुन लाई उसको व्यवहार सामाजिक मुल्य र मान्यता अनरुप हुनु पर्छ । सकारात्मक परिबर्तन एउटा प्रक्रिया हो । यो प्रक्रियालाई संघर्ष को रुप मा आउनु पर्छ । सुनौलो भबिस्व निर्माण को लागी सकारात्मक परिवर्तन युद्ध गरे जस्तै हो । सुरुवात अझै ढिला भएको छैन । के परिवर्तन को लागी तपाई युद्ध लड्न तयार हुनुहुन्छ ?

 







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]