Nepa Top
century-bank

गुण्डा नाईके अशोक लामामाथि गोली प्रहार, वीर अस्पतालमा उपचार हुँदै

काठमाडौं । महानगरीय अपराध महाशाखाको टोलीले गुन्डा नाइके अशोक लामामाथि गोली प्रहार गरेको छ ।

अशोक लामासहितको समूहलाई पक्राउ गर्न गएको महाशाखाको टोलीमाथि लामाले गोली गरेपछि जवाफी कारवाहीका क्रममा लामामाथि गोली चलाइएको प्रहरीले जनाएको छ । प्रहरीले चलाएको गोली लामाको खुट्टामा लागेको छ ।

लामालाई उपचारका लागि वीर अस्पताल लगिएको छ । लामाको साथबाट एक पेस्तोल र एक दुई राउन्ड गोली बरामद भएको छ । ३८ वर्षीय लामा करिब एक दशकदेखि गुन्डागर्दीमा सक्रिय रहँदै आएका छन् भने उनले २ जनाको हत्या प्रयास समेत गरेका थिए । सार्वजनिक अपराध मुद्दामा पनि उनी पटक पटक पक्राउ परिसकेका छन् ।

लामाले काभ्रेली समूहका गुन्डा नाइके दावा लामासँग निकट भएर गुन्डागर्दी गर्दै आएको छ । लामाविरुद्ध व्यापारी, ठेक्केदारलाई धम्काउने पैसा असुल गर्ने र मिटर ब्याजमा लगानी गर्ने कारोबारीसमेत रहेको प्रहरीको भनाई छ ।







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]