Nepa Top
century-bank

ईपीएस : भाषाभन्दा सीप र कार्यक्षमतालाई प्राथमिकता दिइने

काठमाडौं । दक्षिण कोरिया सरकारले सन् २०१९ पछि भाषा परीक्षाको नतिजाभन्दा सीप र कार्यदक्षताको आधारमा नेपाली युवा माग गर्ने भएको छ।

हाल कोरियाली भाषा परीक्षामा उत्कृष्ट नतिजा ल्याउने युवालाई छनोटको आधार बनाउँदै आएकोमा आगामी वर्षदेखि सीप, कार्यक्षमता र अन्तर्वार्ताको अंकलाई पनि छनोटको आधार मानेर कामदारकाे माग गरिने भएकाे हाे ।

अंक प्रणाली भनिने यस छनौट प्रक्रियामा मध्यम अंक ल्याएर सीप, कार्यक्षमता र अन्तर्वार्तामा राम्रो नजिता ल्याए पनि कोरिया जान योग्य हुनेछन् । अंक प्रणाली लागु गरिएमा पहिलो चरणमा कोरियाली भाषा परीक्षा, दोस्रो चरणमा सीप परीक्षण एवं कार्य दक्षताको मूल्यांकन (अतिरिक्त अंक) ल्याएको आधारलाई जोडेर कुल प्राप्तांकको आधारमा सबैभन्दा धेरै अंक ल्याउनेलाई अन्तिममा छनौट गरिने अाजकाे काराेबार दैनिकमा समाचार छ ।







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]