Nepa Top
century-bank

समाजवाद र समृद्धिका लागिे भ्रष्टाचार नगर्न र गर्न नदिन अध्यक्ष अाेलीकाे निर्देशन

  • अंगराज

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई आआफ्नो जिम्मेवारी तोकिएका क्षेत्रमा काम गर्न निर्देशन दिएका छन् ।

बालुवटारमा बसेको पार्टी केन्द्रीय समितिको पहिलो बैठकमा सामाजिक न्यायसहितको समृद्धिका लागि सरकारलाई सहयोग गर्न केन्द्रीय सदस्यलाई अध्यक्षद्वयले निर्देशन दिनुभएको थियो । अध्यक्ष ओलीले समाजवाद र समृद्धिका लागिे भ्रष्टाचार नगर्न र गर्न नदिन सबैलाई निर्देशन दिनुभएको थियो । साथै अध्यक्ष दाहालले पछिल्लो समय पार्टीभित्र मौलाएको नातावाद र कृपावाद अन्त्य गर्नुपर्ने बताउनुभएको थियो ।

बैठकमा निर्वाचन आयोगमा दल दर्ताका लागि केन्द्रीय सदस्यहरुले हस्ताक्षरसहित आफ्नो नागरिकको प्रतिलिपी बुझाउने काम पनि सम्पन्न गरिएको छ । निर्वाचन आयोगमा दल दर्ताका लागि केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहितको नामावली बुझाउनुपर्ने संवैधानिक व्यवस्था छ ।







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]