Nepa Top
century-bank

बाबुलाई भेटेर गाेरेले गरे यस्ताे खुलासा !

मोरङ । ३८ क्वीन्टल सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती (गोरे) संग बिहिबार जिल्ला अदालत मोरङमा करिव ५ घण्टा  बयान चलेकाे थियाे । गोरेले सोधेको प्रश्नभन्दा अनौपचारिक बढी गरेका हुनाले बयान शुक्रबार (अाज) पनि हुने भएकाे छ।

प्रहरी हिरासतमा समेत आफ्नो सुरक्षा नभएको भन्दै मानवअधिकारवादीको निगरानीमा राख्न गोरेले कानुन व्यवसायी मार्फत निवेदन दिएपछि अदालतको आदेश अनुसार उनलाई कडा सुरक्षा बीच ल्याउने, लैजाने र राख्ने व्यवस्था गरिएको छ ।

स्राेतका अनुसार, गोरेले आफूलाई ‘माथिल्लो तहका मान्छेले फसाए’ मात्र भनेका छन् ।  ‘केही नाम त लिएका छन् तर, कोअपरेट गरेका छैनन् । उनले  सोधेको प्रश्नभन्दा अनौपचारिक नै बढी गरेका छन् ।’

बयानकै क्रममा अाधा घन्टा बाबुलार्इ भेटेर के भने गाेरेले ?

गाेरेले बिहिबार चलिरहेकाे बयानकै क्रममा अाफ्ना बुवासंग भेटेका छन् । उनले टिफिन टाइममा बुवासंग भेटेका हुन । उनीहरूबीच झन्डै अाधा घन्टा कुराकानी भएकाे छ ।

कुराकानीकाे क्रममा उनले बाबुसंग आफूलाई गौरीघाटबाट नभई बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिएको बताएका छन् । सिलगुढीबाट झापा हुँदै आएको र सोमबार नै छानबिन समितिका सदस्यले भेटेपछि आफूलाई सोधपुछ गरेको उनले बताएका छन् ।

त्यो रात नेताको घरमा राखेको र भोलिपल्ट पक्राउ परेको भनेर सार्वजनिक गरेको उनको दाबी छ । तर, उनलाई कुन नेताको घरमा राखिएको भन्ने खुलाएका छैनन् ।

बाबुले भने आफ्ना छोरालाई तत्कालीन डीआईजी गोविन्द निरौलाले समयमै बचाएको भए आफ्नो छोरा यस्ताे अनैतिककार्यमा नलाग्ने बताएका छन् । आफ्नो छोराले गरेको गलत कामको सजाय पाउनुपर्ने तर, अरुलाई पनि छाड्न नहुने, सजाय सबैले पाउनुपर्ने गाेरेका बाबुकाे भनाइ छ ।

जिल्ला न्यायाधिस नारायण प्रसाद शर्माको ६ नं. इजलाशमा जारी बयान शुरु गरिएको बयान सकिएलगत्तै थुनछेक बहस सुरु हुनेछ । बयानका क्रममा सोधिएको प्रश्न भन्दा अनावश्यक उत्तर दिँदा बयान लम्बिएको स्राेतले जनाएकाे छ ।

यो पनि पढ्नुहोस् : ‘सुनकाण्ड’का नाइके गोरेको बयान दुई दिनमा पनि सकिएन, आज पनि बयान लिइने

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]