Nepa Top
century-bank

‘रेस ३’को ट्वीष्ट कस्तो हुनेछ ?

काठमाडौं । फिल्म ‘रेस ३’मा अभिनेता सलमान खानको इन्ट्री भएको समाचार आएपछि उनका फ्यानहरुको लागि यो फिल्म पर्खाइको फिल्म बनेको छ । त्यसोत यो फिल्मको ट्रेलर पनि रिलिज भइसकेको छ । साथै ट्रेलरपछि यो फिल्म रिलिज्ड गीत ‘हिरीयो’ले पनि टप चार्टमा आफ्नो ठाउँ बनाईसकेको छ ।

ट्रेलर र गीत हिट भईसकेपछि दर्शकहरुले यो फिल्मको क्लाइम्याक्स कस्तो कस्तो हुनेछ भन्ने चर्चासमेत सुरु गरिसकेका छन् । यो फिल्म रिलिज भइसकेपछि दर्शकहरुले मन पर्नेमा निर्देशक रेमो डिसुजाले ग्यारेण्टी नै लिएका छन् ।

रिपोर्टसका अनुसार यो फिल्मको क्लाइम्याक्स के हुनेछ भन्ने कुरा फिल्मका काम गर्ने अन्य सहकर्मीहरुले नै थाहा नभएको बताइएको छ । यस फिल्मको निर्देशकले धेरै क्लाइम्याक्स सिनहरु खिचेका छन् । त्यसै कारण यो फिल्मको ट्वीष्ट के हुन्छ भनेर कसैलाई थाहा नभएको बताइएको छ । ‘रेस ३’ फिल्मलाई सस्पेन्स राखिएको छ ।

पछिल्लो समय यसै फिल्मसँग जोडिएको एक फन्नी भिडियो जारी गरिएको थियो । यो भिडियोमा फिल्मलाई रेमो डिसुजाले नभएर अभिनेता सलमानले निदेशन गरिरहेका छन् । पुरै फिल्मलाई अनिल कपुरले शुट गरेका छन् भने बाबी देओलले कस्ट्युम डिजाइन गरेका छन् । फिल्मको ट्रेलर पछि आएको यो फन्नी भिडियो अहिले भाईरल बनेको छ ।

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]