Nepa Top
century-bank

सरकारले आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने व्यवस्था गर्ने

. रिया भण्डारी

काठमाडौं । सरकारले नीति कार्यक्रममा स्वास्थ्यलाई मौलिक हकको रुपमा स्थापित गर्दै आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपालमै औषधि उत्पादनलाइ प्राथमिकता दिनेदेखि आगामी ५ वर्षमा सबै स्थानीय तहमा १५ शैयाको अस्पताल स्थापना गर्ने सम्मको लक्ष्य सरकारले लिएको छ ।

सरकारले २०७५ /७६ को लागि ल्याएको स्वास्थ्य नीति तथा कार्यक्रमलाइ हेर्ने हो भने अब स्वास्थ्य क्षेत्रमा कायापलट नै हुने देखिएको छ । हरेक स्थानीय तहबाट आधारभुत स्वास्थ्य उपचार निशुल्क गरिने देखि आवश्यक औषधि स्वदेशमै उत्पादन गरिने र ५ बर्ष भित्र विशिष्टिकृत स्वास्थ्य सेवाका लागि विदेश जाने अवस्थाको अन्त्य गरिने सरकारको लक्ष्य छ ।

हरेक गाउँपालिकामा १५ शैयाको अस्पताल संचालन गरिने र सबै नेपालीको स्वास्थ्य बिमा गरिने पनि कार्यक्रममा उल्लेख छ । हरेक प्रदेश तहमा एक सय शैयाको को जेष्ठ नागरिक अस्पताल स्थापना गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । आगामी पाँच वर्षभित्र देशभरका सबै स्वास्थ्य संस्थाको संरचना गुणस्तरीय बनाइनेछ भने जनशक्ति उत्पादनमा पनि विशेष जोड दिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

चिकित्सक,स्वास्थ्यकर्मी र बिरामीबीच को अहिलेको अविश्वासको समस्यालाइ ध्यानमा राख्दै चिकित्सक बिरामी आचारसंहिता ल्याउने बताइएको छ । विदूषी योगमाया आयुर्वेद केन्द्र स्थापना पनि सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ ।

आयुर्वेद, होमियोप्याथी लगायतका परम्परागत चिकित्सालाई आधुनिकीकरण गर्ने सरकारको योजना छ । सरकारले बर्षेनी स्वास्थ्य क्षेत्रको कायापलट नै गर्ने किसिमको नीति कार्यक्रम ल्याउदै आए पनि तर जनताले स्वास्थ्य उपचारमा सरकारको सहयोग अनुभब गर्न पाएका छैनन् ।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]