Nepa Top
century-bank

बलिउडका यी हस्ती काठमाडौं आउँदै, जसले मनिषालाई बलिउडमा डेब्यु गराएका थिए

काठमाडौं । बलिउडका कलाकार तथा फिल्मकर्मीहरुको नेपाल आउ जाउ चलिनै रहेको छ । यसैक्रममा बलिउडका अर्का निमाता तथा निर्देशक सुभास घाइ पनि काठमाडौं आउँदैछन् । उनी कान्तिपुर फिल्म एकेडेमि र विस्लिङ उड इन्टरनेशनलको संयुक्त आयोजनामा काठमाडौंमा हुँदै गरेको एकदिने ‘फिल्म मेकिङ एण्ड मिडिया नलेज वर्कसप ‘ को लागी काठमाडौं आउन लागेका हुन् ।

उनको साथमा विस्लिङ उड इन्टरनेशनलका विभिन्न डिपार्टमेन्टहरु पनि काठमाडौं आउँदैछन् । फिल्म शिक्षाको महत्व र उपयोगीताको बारेमा जानकारी गराउन र कलाका पारखी व्यक्तिहरुलार्इ थप प्रोत्साहन गर्नको लागी यस वर्कसपको आयोजना गरिएको एकेडेमिका सिइओ प्रकाश पुरीले जानकारी गराएका छन् ।

यस वर्कसपमा फिल्म मेकिङ, फेशन डिजाइन तथा मिडियाको बारेमा छलफल हुने बताइएको छ । यस कार्यक्रममा नेपाली फिल्म उद्योगका महानायक राजेश हमाल र मनिषा कोइराला पनि सुभास घाइ संगै स्टेजमा आउने बुझिएको छ ।

बलिउडमा मनिषा कोइरालालार्इ निर्देशक घाइले नै डेब्यु गराएका थिए । उनी यही जेठ १९ गते काठमाडौं आउँदैछन् भने २० गते एक दिने वर्कसप हुनेछ । २१ गते उनी फर्कने बताइएको छ ।







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]