Nepa Top
century-bank

तीन गाउँले युवाहरुको कथामा ‘माछा माछा’ बन्दै

काठमाडौं । तीन जना गाउँले युवाहरुको कथामा फिल्म ‘माछा माछा’ बन्ने भएको छ । यो फिल्मको निर्माण पक्षले काठमाडौंको गौरीघाटलाई लोकेशन बनाउँदै छायांकन सुरु गरेको छ । यो फिल्मको एक्शन कट सुनिल गुरुङले गरिरहेका छन् ।

यो फिल्मले शहरमा स्थापित गर्नका लागि ३ जना गाउँले यूवाहरुले गर्ने संघर्षको कथालाई पर्दामा प्रस्तुत गर्नेछ । यो फिल्मलाई कमेडी जन्रामा राखिएको छ ।

यो फिल्ममा अभिनेता सौगात मल्ल, नम्रता श्रेष्ठ, विजय बराल, अनोज पाण्डे, प्रविण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा, कमलमणी नेपाल लगाएत कलाकारहरुको मुख्य भूमिका रहनेछ ।

निर्माण पक्षले बताएअनुसार काठमाडौं, भक्तपुर र ललितपुर यो फिल्मको छायाङकन गरिनेछ । यो फिल्मको छायांकन १ महिनामा सक्ने निर्माण टिमको योजना रहेको छ ।

फिल्मलाई रामबाबु गुरुङ, मणिराम पोखरेल र ओमचन्द्र रौनियारले संयुक्त रुपमा निर्माण गर्दैछन् ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]