Nepa Top
century-bank

मलेसियाका पूर्वउपप्रधानमन्त्री जेलमुक्त

क्वालालम्पुर। मलेसियाका पूर्व उपप्रधानमन्त्री अन्वार इब्राहिम बुधबार जेलमुक्त हुनुभएको छ । गुदमैथुनको अभियोगमा जेल पर्नुभएका इब्राहिमलाई सजाय माफी घोषणा गरेर जेलमुक्त गरिएको हो ।

 

 

 

 

 

 

 

उहाँलाई जेलमुक्त गरिएपछि ठूलो संख्यामा उहाँका सुभेच्छुकले खुशीयाली मनाउँदै ¥याली निकालेका थिए । कालो कोटमा देखिनु भएका ७० वर्षीय अन्वार खुशी हुँदै राजदरबार जानु भएको थियो भने पत्रकारहरूले उहाँलाई लगातार पछ्याइरहेका थिए ।राष्ट्रप्रमुख तथा राजा मोहम्मद पाँचौँले उहाँलाई पूर्ण माफी दिँदै तत्काल रिहा गर्न लगाउनुभएको थियो ।

थुनामुक्त भएपछि आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा अन्वारले आफूलाई विनाशर्त रिहा गरिएको बताउनुभयो । उहाँलाई सन् १९९८ मा उपप्रधानमन्त्रीबाट पदच्युत गरएको थियो भने केही समयपछि भ्रष्टाचार र गुदमैथुनको आरोप लगाएर जेल चलान गरिएको थियो । उहाँलाई सन् २०१५ देखि फेरी गुदमैथुनकै आरोपमा दोस्रो पटक काराबासको सजाय गरिएको थियो ।

आफूमाथि लागेको आरोपलाई भने अन्वारले अस्वीकार गर्दै राजनीतिक प्रतिशोध साँधेर गलत आरोप लगाई दण्डित गरिएको बताउनुभएको थियो । सन् २०१६ देखि अन्वार र पूर्वप्रधानमन्त्री माहाथिर मोहम्मदले संयुक्तरूपमा नाजिब रजाक नेतृत्वको सरकारविरुद्ध मोर्चाबन्दी गर्नुभएको थियो ।उहाँहरूको मोर्चाबन्दीबाट बनेको पकाटन हरापन गठबन्धनले गत हप्ता भएको आमनिर्वाचनमा जित हासिल गरेको थियो ।

निर्वाचनमा विजयी भएसँगै गठन भएको नयाँ सरकारको प्रधानमन्त्री बन्नु भएका माहाथिरले दुई वर्षपछि अन्वारलाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने प्रतिबद्धता गर्नुभएको छ ।बयानब्बे वर्षीय प्रधानमन्त्री माहाथिरले दुई वर्षपछि सरकार बाहिर रहेर देशलाई सही बाटोमा लैजानका लागि सक्रिय हुने बताउनुभएको छ । यसअघि लामो समय मुलुकको प्रधानमन्त्री भएर विश्राम लिनुभएका माहाथिरले निवर्तमान प्रधानमन्त्रीको कार्यकालमा मुलुकमा भ्रष्टाचार र गलत कामहरू भएको भन्दै फेरी राजनीतिमा फर्किनु भएको हो ।







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]