Nepa Top
century-bank

कपिलवस्तु धनकौलीका कृषक खरबुजाबाट मनग्ने आम्दानी गर्न सफल

  • मनोज श्रीवास्तव,

कपिलवस्तु । बगरमा फल्ने चिसो फलकारुपमा रहेको खरबुजा उत्पादन गरी कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ धनकौलीका कृषकले मनग्ने आम्दानी गरेका छन् । धनकौलीको मोतिनगर लगायतका गाउँका सय बढी कृषकले बाणगंगा नदीको निख्खर जमिनमा खरबुजा उपादन गरी राम्रो आम्दानी लिएका हुन् ।

कपिलवस्तुका किसानहरुले बाणगंंगा नदीले बनाएको बगरमा हरियो तरबुजा र खरबुजा उत्पादन गर्ने गरेका छन् । नदीको निख्खर र सुख्खा बालुवामय बगर बनेको जग्गामा समेत नमूनाका रुपमा उनीहरुले उक्त चिसो फल उत्पादन गरी ५० हजार देखि १ लाख बढीसम्मको आम्दानी गर्न सफल भएका हुन् ।

उत्पादन बढी भएकोले यस बर्ष गत बर्षको तुलनामा खरबुजाको मुल्य घटेको किसानको भनाई छ । गत बर्ष १५ देखि २० रुपैयाप्रति किलो बेचेका थिए । यस बर्ष प्रतिकिलो १० रुपैयाँ मात्र किसानहरुको हातमा परेको छ । बैशाख जेठको प्रचण्ड गर्मीको बावजुद बालुवाको तापमा रापिदै यतिखेर माग बढी भएकाले फल र तरकारीको स्याहारमा किसानहरु जुट्ने गर्दछ । माधुरी ६४ जातको खरबुजा एक कठ्ठामा नै १५ क्वीन्टल भन्दा बढी उत्पादन हुने कृषहरुको भनाई छ ।

खरबुजा खरिद गर्न बुटबल, भैरहवा, अर्घाखाँची सम्मका ब्यापारीहरु खेतमै आउने गर्दछ । यता जिल्ला कृषि विकास कार्यालयले कपिलवस्तुले जिल्लाको ६५ हेक्टरमा तरबुजा खेती हुने गरेको जनाएको छ । कार्यालयल बर्ष १३ सय मेट्रिक टन तरबुजा उत्पादन हुने जनाएको छ ।

कपिलवस्तुमा माधुरी ६४ र मधुवाला जातका तरबुजा उत्पदान हुने गरका छन् । उत्पादित तरबुजा र खरबुजाबाट स्थानीयले दैनिकी चलाउनका लागि खर्चको जोहो हुने किसानहरुको भनाई छ ।

 

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]