Nepa Top
century-bank

पिनासले सताएमा यी खानेकुरा सेवन नर्गनुस्

काठमाडौँ । पिनासले नाकको हडडी बाङ्गो हुने अवस्था, एलर्जी, श्वास नलिको सक्रमण, अनुचित जीवनशैली, अनुचित पाचन एवं पोषण, शरीरमा सञ्चित विषाक्त पदार्थ, मानसिक एवं शारीरिक तनाव आदि जस्ता हुन्छ ।

शिरमा अत्यन्त पीडा, नाक सुख्खा हुनु, श्वासमा दुर्गन्ध, गन्धबोधमा कमी हुनु, निरन्तर रुघा लाग्नु, तातो वाफ र पिप निस्कनु, नाकको भागमा सुन्नीनु, अनुहार वरिपरी सुन्नीएको अनुभव, निरन्तर सिंगान बग्नु पिनासको लक्षण हो ।

तातो झोल पदार्थ प्रशस्त पिउने, तातो र न्यानो खाना खाने, चिसो मौसमबाट बच्ने पिनासबाट बच्ने उपायहरु हुन् । दुग्ध पदार्थ अत्यन्त कम खाने भुटेको, तारेको, चिल्लो तथा चिसो पदार्थ नखाने, नियमित प्राणयाम तथा व्यायाम गर्ने, अत्तर तथा सुगन्धीत वस्तुको ज्यादा प्रयोग नगर्ने ।

पसिना निकाल्नु, पुरानो जौ, शाली चामल, मुग, गहतको रस, लसुन, हल्का भोजन पथ्य हुन्छ । उसिनेको खाना मात्र खाने, सिंगान बगिरहेमा तातोपानीमा अदुवा, तुलसी, बेसार पानी पिउने । सुख्खा पिनास भए पानीमा थोरै कागतीको रस मिलाएर पनि पिउन सकिन्छ ।

दही, दूध, माछा, मासु, अण्डा, पीरो, अमिलो अचार, चिल्लो, चिसो खानेकुरा, बार्नुपर्दछ । नाकबाट रगत बगेमा वा पिनासले गर्दा नाथ्री फुटेमा बढी तातो र बढी मसालादार खानेकुरा खानहुादैन । त्यस्तै मासको दाल, तामा, फर्सी, गोलभेंडा, पिंडालु, मुला, करेला, बकुल्ला र तोरीको साग पनि खानुहुदैंन ।

 







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]