Nepa Top
century-bank

उपराष्ट्रपतिसँग सिचुवानका उपगवर्नरको भेट

काठमाडौँ : उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीनको सिचुवान प्रान्तका उपगवर्नर पेङ युसिङले आज शिष्टाचार भेट गर्नुभयो ।

उपराष्ट्रपति कार्यालयमा भएको भेटमा उपराष्ट्रपति पुनले नेपाल राजनीतिक स्थायित्व, विकास र समृद्धिको मार्गमा अगाडि बढिरहेको बताउनुभयो । उहाँले नेपालको समृद्धिमा चीनको सहयोगको खाँचो रहेको र ‘एक पेटी एक मार्ग’ (ओबिओआर)बाट नेपालले अधिकतम लाभ लिने कोशिश गरिरहेको बताउनुभयो ।

उहाँले नेपाल लगानीका लागि ‘भर्जिन ल्याण्ड’ भएको उल्लेख गर्दै ऊर्जा, कृषि, पर्यटन, रेलमार्ग र भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।

उपराष्ट्रपतिले चीनसँगको व्यापार बढ्दो क्रममा रहेको भए पनि नेपालले व्यापार घाटा भोगिरहेको र व्यापार सन्तुलनका लागि दुवै देशले सोच्नुपर्ने पनि बताउनुभयो ।

उपराष्ट्रपतिसँगको भेटमा सिचुवान प्रान्तका उपगवर्नरले नेपाल–चीन सम्बन्ध अत्यन्त प्रगाढ रहेको बताउनुभयो । उहाँले नेपालको विकासमा सधैँ चीनको साथ रहने उल्लेख गर्दै चीन र सिचुवान प्रान्त नेपालको ऊर्जा, कृषि तथा खाद्य प्रविधि, सडक सञ्जाल, रेल्वेको क्षेत्रमा लगानी गर्न चाहेको बताउनुभयो ।

उपराष्ट्रपतिसँग नर्वेली राजदूतको भेट

उपराष्ट्रपतिसँग नेपालका लागि नर्वेका राजदूत लास्से जोर्न योहानेशनले आज शिष्टाचार भेट गर्नुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभयो ।

नर्वेली राजदूतसँगको भेटमा उपराष्ट्रपतिले नेपालको शान्ति प्रक्रिया र विकासका लागि नर्वेले गरेको सहयोगका लागि धन्यवाद दिनुभयो ।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]