Nepa Top
century-bank

‘बेबी आई लभ यू’को ‘म्युजिकल कम्पिटिशन’को घोषणा, धेरै भ्युज पाउनेलाई पुरस्कार दिइने

काठमाडौं । नेपाली फिल्म इन्डष्ट्रिमा पछिल्लो समय प्रचार प्रसारका लागि विभिन्न कम्पिटिशनहरुको ट्रेन चलेको छ । जस्तै कभर गीत प्रतियोगिता, आर्ट प्रतियोगिता, कभर डान्स प्रतियोगिता । यसै सन्दर्भमा जेठ १८बाट दर्शकमाझ रिलिजमा आउँदै गरेको फिल्म ‘बेबी आई लभ यू’ले पनि ‘म्युजिकल कम्पिटिशन’को घोषणा गरेको छ ।

म्युजिकल्ली गर्ने उत्कृष्ट एक जनालाई फिल्मको निर्माण टिमले नगद रकमसहित पुरस्कृत गर्ने घोषणा गरेको छ । जनक पाण्डे निर्देशित फिल्म ‘बेबी आई लभ यू’ मा समावेश संवादमा म्युजिकल्ली गर्न सकिनेछ ।

निर्माता शिव न्यौपानेका अनुसार धेरै भ्युज पाउने एक जनालाई नगद पाँच हजारसहित फिल्मको दुईवटा टिर्सटसमेत दिइने छ ।

यो फिल्ममा सन्तोष खड्गी र पूजा तिवारीको मुख्य भूमिका रहेको छ । साथै सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थी लगायतको पनि अभिनय रहेको छ ।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]