Nepa Top
century-bank

मनोमानी ‘करार नियुक्ति’ रोक्न नयाँ नीति

काठमाडौं । सरकारका प्रमुख अंग र सार्वजनिक निकायअन्तर्गतका सबै पदाधिकारी तथा राष्ट्रसेवक कर्मचारीलाई आर्थिक अनुशासन र मितव्ययितामा बाँध्न नयाँ नीति तथा मार्गदर्शन कार्यान्वयनमा अाएको छ। सरकारले सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारीता कायम गर्नेसम्बन्धी नीतिगत मार्गदर्शन २०७५ कार्यान्वयनमा ल्याएको हो।

‘समृद्ध नेपाल र सुखी नेपाली’ अभियान सफल पार्न सार्वजनिक कोषको दुरुपयोग रोक्न ३७ बुँदे मार्गदर्शन कार्यान्वयन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएकाे छ। यो नीतिगत मार्गदर्शनअनुसार अब मन्त्रालय, विभाग र मन्त्री, पदाधिकारी तथा कार्यालय प्रमुखले आफूनिकटलाई आफूखुसी करारमा कर्मचारी नियुक्त गर्न रोक लगाएको खबर अन्नपूर्ण पोस्टमा छ ।

यसअघि मन्त्री, सचिव, सहसचिव र विभागका महानिर्देशकलगायत ‘हाकिम’हरूले सरकारी कोषबाट तलब पाउने गरी अाफ्ना नातेदार/अाफन्तलार्इ करारमा कर्मचारी नियुक्त गर्ने गरेका थिए।







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]