Nepa Top
century-bank

शिवम् सिमेन्टले प्रिमियम मूल्यमा साधारण शेयर निष्काशन प्रक्रिया अघि बढायाे

काठमाडौँ । ओपिसी सिमेन्ट उत्पादनकर्ता कम्पनी शिवम् सिमेन्टले साधारण शेयर निष्कासन प्रक्रिया अगाडि बढाएको छ। प्रिमियम मूल्य राखेर सर्वसाधारणमा शेयर निष्कासन गर्न लागेकाे कम्पनीका शेयर सदस्य तथा लक्की ग्रुपका अध्यक्ष सतिश मोरले जानकारी दिएका छन् । यसका लागि अावश्यक सबै प्रक्रिया अघि बढाएको उनकाे दाबी छ ।

शेयर निष्काशनकाे प्रस्ताव हाल नेपाल धिताेपत्र बाेर्डमा विचाराधीन अवस्थामा छ । फेस ध्यालुमा कति रूपैयाँ प्रिमियममा थपेर शेयर निष्कासन गर्ने भन्ने कुराकाे अन्तिम टुङ्गो लागिनसकेकाे सतशले बताए । कम्पनीको वित्तीय विवरण अनुसार सर्वसाधारण र कम्पनी दुवैलाई फाइदा हुने गरी प्रिमियम मूल्य कायम गरिने उनकाे भनाइ छ । यद्यपि यसमा बोर्डको सहमति भने अावश्यक हुनेछ ।

सतिशले शेयर निष्कासन प्रक्रियाअन्तर्गत बोर्डद्वारा प्रारम्भिक टिप्पणी अाइसकेकाे बताएका छन् । उक्त टिप्पणीमा कम्पनीलाई तेस्रो त्रैमासको वित्तीय विवरण पेस गर्न निर्देशन दिइएकाे छ । पहिलो टिप्पणीअन्तर्गत कम्पनीले बुझाएको कागजातबाटै बोर्डले अन्तिम स्वीकृति दिए शेयर निष्कासन प्रक्रिया तत्कालै अघि बढ्ने उनकाे भनाइ छ।

सात वर्षअघि चार अर्ब लगानीमा स्थापना भएको शिवमले हाल दैनिक १९ सय टन क्लिंकर उत्पादन क्षमता कायम राखेकाे छ । हेटौंडाको हटियामा सञ्चालित यस उद्याेगकाे शेयर निष्कासन पछि प्राप्त हुने पूँजीले कम्पनीको क्षमतामा वृद्धि हुने अपेक्षा गरिएकाे छ ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि कुन चुक्ता पुँजीकाे २ प्रतिशतले हुन आउने आठ करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता र अाम सर्वसाधारणलाई १० प्रतिशतले हुन आउने ४४ करोड रुपैयाँ बराबरको ४४ लाख कित्ता शेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो।

शेयर निष्काशनकाे प्रस्ताव कम्पनीले गत पुस २५ गते १३औँ साधारणसभाबाट पारित गरिसकेकाे छ ।  साेही प्रस्तावअनुसार गत चैत ६ गते शेयर निष्काशनका लागि बोर्डमा आवेदन दिएको थियो।

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]