Nepa Top
century-bank

मोदिको धार्मिक भ्रमणमा के छ राजनीति ? राम कार्की, नेता माओवादी केन्द्र

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुर्इदिने भ्रमणमा शुक्रबार जनकपुरको जानकी मन्दिरमा षोडषोपचार विधिद्वारा विशेष पूजा गरे । शनिबार बिहानै मुस्ताङको मुक्तिनाथ मन्दिरमा विशेष पूजाआजा गरे भने शनिबारै दिउँसो काठमाडौंस्थित पशुपतिनाथमा पूजा गरे ।

मोदीले धार्मिक परम्पराअनुसार पहिले पशुपतिस्थित वासुकीनाथ मन्दिरमा ११ सय रुपैयाँको विशेष र त्यसपछि पशुपतिनाथ मन्दिरमा ५१ सय रुपैयाँको विशेष पूजा गरेका हुन् । यी दुवै पूजाका सकेपछि पर्यटन तथा सँस्कृति मन्त्री रवीन्द्र अधिकारीले मोदीलाई पशुपतिनाथको प्रतिमा उपहार स्वरुप दिएर बिदाई गरेका छन् । मुस्ताङमा भने मोदीलाई पुजारी कृष्णप्रसाद सुवेदी र झुमा कर्साङ गुरुङले मन्दिरभित्र करीब २० मिनेट षोडषोपचार विधिद्वारा पूजा गराएका थिए ।

दुर्इ दिनसम्म नेपालमा रहँदा उनको भ्रमण राजनीतिक भन्दा धार्मिक (धार्मिक पर्यटकीय) देखिएको छ। नाकाबन्दपछि प्रधानमन्त्री मोदीको भ्रमणलाई विशेष रुपमा लिएका छन् । मोदीको धार्मिक भ्रमणमा राजनीति पनि लुकेको छ भन्ने कुरा यस अन्तर्वार्ताबाट थाहा पाउनुहोस् ।







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]