Nepa Top
century-bank

विदेशमा ज्यान गुमाएका व्यक्तिको क्षतिपूर्ति लिन हकदार आएनन्

 

नुवाकोट । वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका व्यक्तिको नाममा आएको क्षतिपूर्ति रकम लिन नुवाकोटका केही हकदार सम्पर्कमा आएका छैनन् । मृतकका हकदार तथा आफन्तलाई जानकारी गराए पनि रकमको दाबी गर्न हकदार एवं आफन्त नआएको जिल्ला प्रशासन कार्यालयका लेखापाल राम्जी लम्सालले जानकारी दिनुभयो ।

उहाँको अनुसार २०६९ सालदेखि हालसम्म वैदेशिक रोजगारको सिलसिलामा विदेशमा ज्यान गुमाएका १२ जनाको रु सात लाख ८५ हजार रकम प्रशासनको खातामा थन्किएको छ ।

“वैदेशिक रोजगारीमा रहँदा दुर्घटना तथा भवितव्य मृत्यु भएका व्यक्तिको लागि कम्पनीले क्षतिपूर्तिबापतको रकम प्रशासनमार्फत हकदारलाई उपलब्ध गराएको छ ।” लम्सालले भन्नुभयो, “रकम आएको जानकारी मृतकको ठेगानाका हकदार देखिएकालाई पत्र र हकदार पहिचान नहुँदा आफन्तलाई विभिन्न माध्यमबाट जानकारी गराए पनि रकम लिन आएका छैनन् ।”

प्रशासन कार्यालयका अनुसार आर्थिक वर्ष २०६९ र ७० मा ज्यान गुमाएका चारजना र आव २०७२ देखि चालू आवसम्म आठजनाको रकम प्रशासनको खातामा नै थन्किएको हो । पछिल्लो दुई वर्षमा नुवाकोटबाट वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका २३ जनाको क्षतिपूर्ति रकम प्रशासनमा आएको थियो ।

लेखापाल लम्सालका अनुसार ज्यान गुमाउनेको क्षतिपूर्ति रकम कम्पनी नियमअनुुसार रु १० हजारदेखि रु ५५ लाख ४० हजारसम्म आएको छ । कम्पनीको वर्गीकरण, बीमा, मृत्युको कारण, कानूनी उपचारलगायतले क्षतिपूर्ति रकम फरक फरक आउने गरेको छ ।







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]