Nepa Top
century-bank

विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारी आन्दोलित

काठमाडौँ । नेपाल विद्युत प्राधीकरणका दैनिक ज्यालादारी कर्मचारीले ११ बुँदे माग अघि सार्दै आन्दोलन शुरु गरेका छन् । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा आन्दोलन शुरु गरेका हुन् ।

स्थायी कर्मचारी सरह सेवा–सुविधा पाउनुपर्ने, ज्यालादारीमा कार्यरत कर्मचारीलाई प्रक्रिया पु¥याएर म्यादी बनाउनुपर्ने, वार्षिक ५० हजार रुपैयाँ औषधी उपचार तथा प्रतिव्यक्ति १५ लाख रुपैयाँसम्म जीवनबिमाको व्यवस्था हुनुपर्ने लगायत माग ११ बुँदे माग उनीहरुले राखेका छन् ।

प्राधिकरणले १ देखि ३ तहका कर्मचारी सेवा करारमा लिने भन्ने निर्णय खारेज हुनुपर्ने माग सहितको विज्ञप्ती दैनिक ज्यालादारी केन्द्रीय संघर्ष समितिका अध्यक्ष नरेन्द्र यादव र महासचिव दीपक रिजालद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । काम अनुसार ज्याला प्राधिकरणबाटै भुक्तानी, हाजिरी, परिचयपत्र, ओभरटाइम, इन्सेन्टिभ, काज, दशैं पेश्की, दैनिक भ्रमण भत्ता सार्वजनिक विदाको पनि व्यवस्था हुनुपर्ने माग छ ।

। प्राधिकरणले स्थापनादेखि नै ज्यालादारी कर्मचारी राख्दै आएको छ । आन्दोलनमा उत्रने ज्यालादारी कर्मचारीहरुले पटक पटक माग पत्र ज्ञापन पत्र पेश गर्दा पनि कुनै सुनुवाई नभएको कारण मंगलवारबाट आन्दोलन गर्न आफूहरु बाध्य भएको जनाएका छन् ।
प्राधिकरणमा हाल करिब २ हजार ६ सय कर्मचारी ज्यालादारीका रूपमा काम गरिरहेका छन् ।







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]