Nepa Top
century-bank

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको वहुउद्देश्यीय भवनको निर्माण अलपत्र

  • सन्तोष काफ्ले

सुनसरी। धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले नवजात शिशु, प्रसुतिसंगै बाल रोगको उपचार एउटै छाता मुनिवाट गर्ने उद्देश्यले निमार्ण सुरु गरेको मातृ तथा शिशु स्याहार केन्द्रको भवन निर्माण कार्य ५ महिनादेखि अलपत्र परेको छ ।

एनआइसीयु आइसीयु शल्यक्रिया कक्ष, ल्याव तथा रेडियोलोजी सेवासहितको सुविधा सम्पन्न भवन गत असारमा निमार्ण सुरु भए पनि प्रतिष्ठानले सम्झौता अनुरुप वजेट नदिएको कारण काम रोकिएको निर्माण कम्पनीले बताएको छ ।

२०७३ साल असार २८ गते ३ वर्षमा ४ सय वेडको भवन निमार्णको सम्झौता गरेको शर्मा–रसुवा जेभीकाठमाण्डौंले ३ वर्षमा काम सक्ने गरि सम्झौता भएको भए पनि प्रतिष्ठानले समयमा रकम निकासा नगरेको कारण काम रोकिएको जनाएको छ । दुई अर्ब १७ करोड रुपैयाँ लागतको निमार्ण सूरु भएको भवनको प्रतिष्ठानले संझौता अनूरुप रकम नदिएको कारण हाल सम्म ३० प्रतिशत मात्र निर्माण सम्पन्न भएको छ ।

प्रतिष्ठनामा मातृ शिशु तथा स्त्री तथा प्रसुति रोगको लागि सुविधा सम्पन्न भवन आवश्यक रहेको भन्दै भवन निमार्ण सुरु गराएका पुर्व उपकुलपति वलभद्रप्रसाद दासले प्रतिष्ठान व्यवस्थापनकै कमजोरीका कारण भवन निमार्ण रोकिएको बताउनु हुन्छ । प्रतिष्ठानका उपकुलपति प्रा. डा. राजकुमार रौनियारले भने अघिल्लो सरकारका स्वास्थ्य मन्त्री दीपक बोहराको कारण भुक्तानी दिन नसकेको प्रतिक्रिया व्यक्त गर्नुभएको छ ।

सहकुलपति समेत रहेका पूर्व मन्त्री बोहराले उपकुलपतिको कारण प्रतिष्ठान भ्रष्टचारमा डुबेको निष्कर्ष निकाले छानविन समिति बनाउदै तत्काल कुनै पनि भुक्तानी नगर्न निर्देशन दिएका थिए । तत्कालीन स्वास्थ्य सचिवको संयोजकत्वमा छानविन समिति बनार्ई समितिको प्रतिवेदन नआएसम्म भुक्तानी नगर्न निर्देशन दिएको बोहराले छानविन समितिको प्रतिवेदन पेश गर्न प्रतिष्ठानको सिनेट वैठक पटक पटक बोलाउदा पनि उपकुलपति रौनियारले सिनेट हुन नदिइएको बताइएको छ ।

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]