Nepa Top
century-bank

मेडिकल काउन्सिलद्वारा बुझिने अक्षरमा प्रेस्कृप्सन लेख्न चिकित्सकहरुलाई निर्देशन

  • रिया भण्डारी

काठमाडाैँ । नेपाल मेडिकल काउन्सिलले उपचारमा खटिने चिकित्सकलाई बुझिने भाषा र अक्षरमा प्रेस्कृप्सन लेख्न निर्देशन दिएको छ । चिकित्सकले प्रेस्कृप्सनमा लेख्ने अक्षर नबुझिने र त्यसले गलत औषधि पनि पर्न सक्ने हुँदा स्पष्ट नलेख्ने चिकित्सकलाइ काउन्सिलले कारबाही समेत गर्ने चेतावनी दिएको छ ।

चिकित्सकको अक्षरको बिषयमा उखानै छ । नराम्रो अक्षरलाइ मानिसहरुले डाक्टरी अक्षरको संज्ञा नै दिदै आएका छन् । अझ पछिल्लो समय चिकित्सकले प्रेस्कृप्सनमा लेख्ने अक्षर आलोचनामा पर्ने क्रम बढ्दो छ । त्यहि आलोचना चुलिंसै जाँदा शुक्रबार नेपाल मेडिकल काउन्सिलले एक सूचना निकाल्दै प्रेस्कृप्सनमा औषधिको नाम , सेवन गर्नुपर्ने मात्रा, समय तथा अवधिसमेत बुझिने भाषामा हुनुपर्ने उल्लेख छ ।

प्रैस्कृप्सन गर्ने चिकित्सक वा स्वास्थ्यकर्मीले पहिचान खुल्ने नाम र लाइसेन्स नम्बर अनिवार्य खुलाउनुपर्ने भनिएको छ । त्यस्तै एउटा विधाका चिकित्सकले अर्को विधामा पर्ने औषधि प्रेस्कृप्सन गर्नु समेत गैरकानूनी भनिएको छ ।

यस्तै फार्मासिस्टहरुलाई चिकित्सकले लेखेकै औषधि दिन, औषधि दिदै गर्दा खाने तरिका अवधि मात्रा आदिका बारेमा समय लगाएर स्पष्ट बुझाउन पनि काउन्सिलको निर्देशन छ । नेपालका कतिपय अस्पताल तथा क्लिनिकहरुले सेवामै नरहेका चिकित्सकहरुको नाम राखेर आम सर्वसाधारणलाई भ्रममा समेत पार्ने गरेका छन् । त्यसैले अब सेवारत नै नभएका चिकित्सकहरुको नाम सूचना बोर्ड, ब्रोसियर वा अन्य माध्यमबाट प्रचार प्रसार गरेको खण्डमा कारबाही गरिने काउन्सिलले जनाएको छ ।

त्यसो त नेपाल मेडिकल काउन्सिलको कोड अफ इथिक्समै यी कुराहरु उल्लेख छ । तर पनि कार्यन्वयन भने छैन डाक्टरहरुले लेख्ने अक्षर, बिरामीलाई सिफारिस गर्ने औषधि र बिरामीसँग गरिने व्यवहारहरु आचारसंहिता अन्तर्गत नै पर्ने भएकाले आचारसंहिता उल्लखन गर्नेलाई कडा कारबाही हुन आवश्यक छ ।

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]