Nepa Top
century-bank

खाली खुट्टा हिँड्दाकाे फाइदा

काठमाडाैँ । स्वास्थ्यका लागि चप्पल वा जुता लाएर भन्दा खाली खुट्टा हिंड्नु धेरै फाईदा रहेका छन् । खाली खुट्टा हिड्दा पैतालामा भरपूर मात्रामा अक्सिजन प्राप्त हुने हुँदा यसले रक्तसञ्चार सहज गराएर थकान कम गराउँछ ।

बिहान हरियो घाँसमा हिड्दा फाइदा हुने कुरा त सबैलाई थाहा नै छ । खाली खुट्टा जमिनमा हिँड्दा पनि कैयौँ फाइदा हुने अध्ययनले देखाएको छ । विशेषज्ञहरूले यसलाई ‘अर्थिङ सिद्धान्त’ नाम दिएका छन् ।

प्रकृतिको सम्पर्कमा नांगो हिँड्नेहरूमा रक्तचाप र तनाव नियन्त्रित गर्ने हर्मोन सन्तुलित हुने एक अध्ययनले देखाएको छ ।  जमिनमा पाइने कतिपय लाभदायी ब्याक्टेरियाले तनाव कम गर्ने प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने लन्डनको वेस्टर्न युनिभर्सिटीका हेल्थ लेक्चरर गिलियन मेन्डिचले देखाइएकाे छ ।

खाली खुट्टा जमिनमा हिँड्दा मांसपेशी सक्रिय हुने, धर्तीको पूरा ऊर्जा शरीरमा सञ्चारित हुने जस्ता फाइदा पुग्ने विज्ञहरू बताउँछन् ।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]