Nepa Top
century-bank

पाँच तस्वीरमा हेर्नुहोस्-ऐश्वर्य र अभिषेकको करोडौंको अपार्टमेन्ट

एजेन्सी । बलिउड अभिनेत्री तथा पुर्व मिस वल्र्ड ऐश्वर्या राय र अभिषेक बच्चनले मुम्बईको बान्द्रामा सर्नको लागि ५५०० स्क्वार फिट क्षेत्रफलमा फैलिएको सुविधासम्पन्न अपार्टमेन्ट किनेका थिए ।

उनीहरुले सो फ्ल्याट २१ करोड भारुमा किनेका हुन् । नपाएका कारण उनीहरु अपार्टमेन्टमा सिफ्ट हुन ढिलाई भइरहेको छ । जसका कारण अहिले यी जोडी जुहुस्थित ‘जलासा’ बंगलामा बसिरहेका छन् ।

ऐश्वर्या–अभिषेक बान्द्रस्थित नयाँ अपार्टमेन्टमा सोनम कपुरसमेत छिमेकी हुनेछिन् । सोनमले पनि सोहि ‘सिग्निया इसलेस’ मा नै ७ हजार स्वायरफिट क्षेत्रफल रहेको घर किनेकी छन् ।

उनीहरुको बिबाह भएको ११ वर्ष पूरा भइसकेको छ । दुबैको बिबाह बच्चन परिवारको बंगला ‘प्रतिक्षा’ मा सन् २००७ मा भव्यताका साथ सम्पन्न भएको थियो । हाल यी दुईको ६ वर्षको छोरी समेत रहेका छन् ।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]