Nepa Top
century-bank

३० हजार घुस लिदाँलिँदै लालबाबु पण्डित र बाबुसाहेव सिंह रंगेहात पक्राउ

महत्तरी । अख्तियार दुरुपयोग अनुसनधान आयोगको टोलीले महोत्तरीबाट २ जनालाई घुस रकमसहित पक्राउ गरेको छ ।

बुधबार दिउँसो नेपाल विद्युत प्राधीकण जलेश्वर बितरण शाखामा कार्यरत प्राविधिक लालबाबु पण्डित र बाबुसाहेव सिंहलाई ३० हजार घुस रकमसहित पक्राउ गरेको हो । उनीहरुले थ्री फेज मिटर जडान गरिदिने भन्दै सेवाग्राहीबाट उक्त रकम लिएका थिए ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको आयोगका शाखा अधिकृत प्रकाश थापाले जानकारी दिए ।







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]