Nepa Top
century-bank

बुटवलका ३ सय ११ घर भत्काउन डोजर चल्यो, स्थानीयको अवरोध कायमै

कृष्ण पाण्डे.

बुटवल । सडक विस्तारमा स्थानीयको अवरोधका बाबजुद राजमार्ग क्षेत्रमा बनेका घरहरुमा डोजर चल्न शुरु भएको छ । घरधनी आफैले भत्काउन नमानेपछि निर्माण आयोजनाले बलपूर्वक ती घरहरु भत्काउन थालेको हो । तर पनि स्थानीय बासिन्दा , राजनीतिक दल र व्यवसायीहरुले पुनः अवरोध गरेर सडक विस्तारमा बाधा पु¥याएका छन् ।

बुटवलको राजमार्ग चौराहाबाट घरहरु भत्काउन थालिएको भए पनि त्यहाँ स्थानीयले अवरोध गरेका छन् । बुटवलमा त्यस्ता ३ सय ११ घरहरु भत्काउन निर्देशन दिइएको थियो । हिजो मात्र यहांका ब्यबसायिक संस्था र प्रमुख पार्टीहरुले सडक बिस्तारको बिरोध गर्दै बिज्ञापन जारी गरेका थिए ।

बुटवलको राजमार्ग चौराहादेखि चिडिया खोलासम्मको सडक क्षेत्र मिचेर बनेका घरहरु भत्काउने क्रममा स्थानीय राजनीतिक दल र उद्योगी–व्यवसायीले अवरोध गरेका हुन् । चौराहादेखि चिडियाखोलासम्म साढे तीन किलोमिटर क्षेत्रमा ३ सय ८४ घर सडक क्षेत्र मिचेर बनेका छन् । उक्त संरचना हटाउन आयोजनाले पटकपटक आग्रह गरे पनि सुनुवाइ भएन । सुनुवाइ नभएपछि बुटवल–बेलहिया व्यापारिक मार्ग आयोजनाले डोजर लगाएर सडक क्षेत्र खाली गराउन लागेको हो ।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]