Nepa Top
century-bank

बालुवाटारमा एकता संयोजन समितिको बैठक सुरु, होला त निर्णायक छलफल ?

काठमाडौं । नेकपा एमाले तथा माओवादी केन्द्र एकीकरणबारे छलफल गर्न पार्टी एकता संयोजन समितिको बैठक बालुवाटारमा सुरु भएको छ। एकताका लागि मिल्न नसकेका विवादका विषयहरु टुंगो लगाउनु बैठकको मुख्य उद्देश्य रहेको जनाइएको छ । यसअघि दुवै पार्टीको एकता वैशाख ९ का लागि तय गरिएकाे थियाे, सोही मितिमा एकता टुंग्याउन आज निर्णायक छलफल हुने बताइएको छ ।

मिल्न नसकेका मुख्य कुरा, जनयुद्ध र एकता अनुपात र चुनाव चिन्हमा आजको बैठकले सहमति खोज्ने प्रयास गर्ने बताइएको छ । सोमबार दुई पार्टीका अध्यक्षबीच बालुवाटारमा छलफल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको नीजि निवासमा हुन लागेको बैठकले वैशाख ९ मा पार्टी एकता घोषणा हुने वा नहुने विषयमा निष्कर्ष निकाल्नेछ ।

साे समितिमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन् ।

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]